गाैमुल खबर डटकम शनिबार १३, बैशाख २०८२ १२:५७

बाजुरामा सहकारीका कर्मचारीले १४ लाख पारे झ्वाम

छानबिन गर्दै जिल्ला प्रशासन
बाजुरा
गाैमुल खबर गाैमुल खबर
बिहीबार, बैशाख ११, २०८२
बाजुरामा सहकारीका कर्मचारीले १४ लाख पारे झ्वाम

बाजुरा ः बाजुराको हिमाली गाउँपालिकाको केन्द्र धुलाचौरमा स्थित महिला उत्थान कृषि सहकारी संस्था लिमिटेडका कर्मचारीहरुले १४ लाख बढी रकम हिनामिना गरेको आरोप लागेको छ ।

०७६ सालमा स्थापना भएर बचत र लगानी कार्य गर्दै आएको सो सहकारीका तत्कालीन व्यवस्थापक र बजार प्रतिनिधिले सो रकम हिनामिना गरेको सहकारीले जनाएको छ ।

हिमाली गाउँपालिका-४ घर भएका सहकारीका व्यवस्थापक जय बहादुर भण्डारी र बजार प्रतिनिधिका रुपमा काम गर्दै आएकी सोही ठाउँकी हजारी भण्डारीले सो रकम हिनामिना गरेको आरोप लागेको छ ।

ती दुबै जनाले ०८० चैत्रमा रकम हिनामिना गरेर भागेको भन्दै महिला उत्थान कृषि सहकारी संस्थाले जिल्ला प्रशासन कार्यालय बाजुरामा उजुरी दिएको छ ।

त्यसपछि फरार दुबै जनालाई हिसाब किताबका लागि फोन सम्पर्क गर्दा हामी आफैं आएर गर्छौ भन्ने जवाफ आएपनि अहिलेसम्म सम्पर्क विहिन रहेको जनाएको छ ।

उनीहरु फरार भएपछि तत्काल कार्यसमितिको बैठक बसेर आर्थिक लेखाजोखा गर्दा शेयर र बचत जम्मा रकम २० लाख ९३ हजार २५० उठेको उजुरीमा उल्लेख छ ।

त्यस्तै त्यस समयसम्म ६ लाख ७२ हजार ३४५ रुपैयाँ ऋण लगानी रहेको र बाँकी १४ लाख २० हजार ९१० रुपैयाँ ती दुवै जनाले हिनामिना गरेको बताएको छ ।

त्यस्तै उक्त सहकारीले तत्काल दुवै जनाबाट सो रकम असुल गरी कानुन बमोजिम कारबाहीको माग गरेको छ । यस विषयमा जिल्ला प्रशासन कार्यालयले यस बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया