गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०५:५७
Dho

अन्तर्राष्ट्रिय विश्व युवा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

युवाहरु आफ्नो अभिभावकबाट टाढा भएर गलत बाटो रोज्ने गरेको अभिभावकहरुको गुनासो
बाजुरा
रमित वि.क.
शुक्रबार, साउन २६, २०८०
अन्तर्राष्ट्रिय विश्व युवा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

बाजुरा : अन्तर्राष्ट्रिय युवा दिवस १९९९ देखि विश्भरिका राष्ट्रहरूले उत्सवका रूपमा मनाउँदै आइरहेका छन् । संयुक्त राष्ट्र संघले युवाका मुद्धाहरूलाई स्थापित गर्न प्रत्येक १२ अगस्टलाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा घोषणा गरेको छ । युवाका सवालहरूमा विश्वका सरकार तथा सरोकारवालालाई सचेत तथा जागरूक गरान यो दिवसको घोषण गरिएको हो ।
विश्व युवा दिवस यस वर्ष विभिन्न कार्यक्रम गरी मनाउने तयारी गरिएको छ । “उद्यमी युवा समृद्ध देश ः दिगो विकास लक्ष्यमा समान परिवेश” भन्ने मुल नाराका साथ कार्यक्रम मनाउन लागिएको हो । टिडिएच जर्मनीको आर्थिक सहयोग र एच.आर.सी. बाजुरा सहजीकरणमा गौमुल गाउँपालिकाका सबै वडामा रहेको युवा क्लवको आयोजनामा कार्यक्रम भव्य रुपमा मनाउन लागिएको एच.आर.सी बाजुराका सामाजिक परिचालक गोपाल नेपालीले बताएका छन् । 
प्रत्येक वडामा युवा क्लवहरुले सामाजिक कार्य गरेर मनाउने तयारी थालिएको छ । वडामा वृक्षारोपणका साथै वर्षातको समयमा बिग्रे भत्केका बाटोहरु निर्माण तथा मर्मत गरी मनाउने बताईएको छ । सामान्य अर्थमा व्यक्तिलाई उमेरका आधारमा गरिने पहिचानअनुरुप वाल्यावस्था पार गरिसकेका र प्रौढावस्थामा पुगिनसकेका समूहका व्यक्तिलाई युवा भनिन्छ । युवा त्यो उमेर समूह हो जसमा राष्ट्रको भविष्यका कर्णाधार वर्तमानका साझेदार तथा विकास र परिवर्तनका संवाहकको सामथ्र्य रहेको हुन्छ ।
युवाहरु सामाजिक प्रतिष्ठासंग जोडिएर समाज प्रतिको अपनत्वको भावनाको विकास गर्नका लागि कार्यक्रम त्यतातिर केन्द्रीत गरिएको हो । युवा देश विकासको संवाहक हो भन्ने सन्देश कार्यक्रमले दिने गौमुल गाउँपालिकाले विश्वास लिएको छ । राष्ट्र निर्माणमा सबै उमेर र अवस्थाका व्यक्तिहरुको भूमिका महत्वपूर्ण मानिने सन्दर्भमा युवाहरुको भूमिकालाई अझ अर्थपूर्ण र क्रियाशील रुपमा हेरिन्छ । युवालाई सिर्जनशील, सीपयुक्त, उद्यमी र जिम्मेवार नागरिकको रुपमा विकसित हुने अवसर राज्यले सिर्जना गर्नुपर्दछ । हरेक देशमा भएका आर्थिक, सामाजिक, राजनीतिक परिवर्तनमा युवा शक्तिको निर्णायक सहभागीताका कारण परिवर्तन सम्भव भएबाट राज्यले निर्माण गर्ने कानून, नीति एवं कार्यक्रममा युवा र उनीहरुका सरोकारका विषय सम्बोधन हुन आवश्यक मानिन्छ ।
गौमुल गाउँपालिकाको समन्वयमा कार्यक्रम व्यापक रुपमा मनाउने भईएको छ । कार्यक्रममा प्रत्येक वडामा गठित युवा क्लवहरुले कार्यक्रम भव्य रुपमा मनाउने गरी तयारी गरिरहेका छन् । समाज रुपान्तरणमा युवाहरुले महत्वपूर्ण भूमिका खेल्नुपर्ने भएपनि पछिल्लो समय त्यस्तो नभएको पाईएको छ । यता युवाहरु पछिल्लो समय विकृति तिर बढी केन्द्रीत भएको प्रति धेरैले चिन्ता व्यक्त गर्ने गरेका छन् । युवाहरुले गरिखाने भन्दा पनि गरेको खाने प्रवृत्ति बढ्दै गएको छ । युवाहरुले आफ्नो अभिभावकबाट टाढा भएर गलत बाटो रोज्ने गरेको समेत कतिपय अभिभावकहरुको गुनासो आउने गरेको छ । 

प्रतिक्रिया