गाैमुल खबर डटकम बुधबार ०३, बैशाख २०८२ ०२:२२

सुदूरपश्चिमको भाषा हरायो, भाषा हराए समाज विखण्डित हुन्छ : देउवा

हामीले आफ्नो भाषा बोल्न छाड्यौ, नेपाली बोल्न थाल्यौं
काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
सोमबार, बैशाख ०१, २०८२
सुदूरपश्चिमको भाषा हरायो, भाषा हराए समाज विखण्डित हुन्छ : देउवा

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुदूरपश्चिमको भाषा हराउँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् । देउडा समाज केन्द्रीय कार्यालयले प्रज्ञा प्रतिष्ठानमा सोमबार आयोजना गरेको डेउडा खेल तथा अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले भाषा हराउँदै जानु चिन्ताको विषय भएको बताएका हुन् ।

उनले भाषा हराए समाज कमजोर र विखण्डित हुने समेत बताए । ‘जुन समाजको भाषा लुप्त हुन्छ हराउँछ, त्यो समाज कमजोर हुन्छ । समाज विखण्डित हुन्छ भन्ने भनाइ छ,’ डडेल्धुरा गृह जिल्ला भएका पूर्वप्रधानमन्त्री देउवाले भने, ‘हामीले आफ्नै भाषा बोल्न छाडेका छौं । हामी सबै नेपाली बोल्न थालेका छौं ।

अझ कतिले त आफ्ना छोराछोरीसँग नेपालीमा पनि होेइन, अंग्रेजीमा बोल्ने गरेका छन् ।’ देउवाले संसारभर भाषा बचाउने अभियान र संघर्ष चलिरहेको भन्दै आफ्नो भाषा बचाउन लाग्नु पर्ने बताए ।

‘आफ्नो भाषा बचाउन संसारभर लडिरहेका छन्, हामीले पनि सुदूरपश्चिमको भाषालाई बचाउनुपर्छ । भाषा बचाउन सबैले योगदान गर्नुपर्नेछ ।’ उनले भाषासँगै सुदूरपश्चिमको संस्कृति जोगाउन पनि सबै लाग्नु पर्ने बताए । उनले १ वैशाखलाई विशु संक्रान्तिका रूपमा मनाउने गरिएको चर्चा पनि गरे ।

प्रतिक्रिया