बाजुरा : बुढीगंगा नगरपालिकाले ज्येष्ठ नागरिक मिलन केन्द्र सञ्चालन गर्न लागेको छ । पालिकाको ५ नम्बर वडा नुवाघरमा पहिलो ज्येष्ठ नागरिक मिलन केन्द्र सञ्चालन गर्न लागेको हो । मिलन केन्द्रको भवन वडा कार्यालयलाई हस्तान्त्रण गरिएको छ । वन स्थानीय समाज सेवी हिक्मत थापाको सक्रिय र अगुवाइमा निर्माण कार्य सम्पन्न गरिएको हो । भवनको सञ्चालनको जिम्मेवारी वडा कार्यालयले लिने र कार्यविधी बनाउने सञ्चालन गर्ने वडा अध्यक्ष चक्रबहादुर थापाले बताएका छन् । निर्माण समितिका तर्फबाट स्थानीय हिक्मत थापाले नगर प्रमुख रामबहादुर बानियाँलाई साँचो हस्तान्त्रण गरेका थिए । भने नगर प्रमुखले सञ्चालनका लागि वडा अध्यक्ष चक्रबहादुर थापालाई हस्त्रान्त्रण गरेका थिए । ज्येष्ठ नागरिकहरुका लागि आराम र अर्ति सुनाउने स्थलका रुपमा मिलन केन्द्रलाई सञ्चालन गर्न लागिएको बताईएको छ ।
सबै जेष्ट नागरिकहरुलाई दिनमा बस्ने, जीवन भोगाइका अर्ति उपदेश सुनाउने र समाजका लागि ज्येष्ठ नागरिकको वौद्धिक ज्ञान बाँड्ने केन्द्रका रुपमा विकास गरिने नगर प्रमुख रामबहादुर बानियाँले बताएका छन् । घरमै थन्कीएर बस्नु भन्दा मिलन केन्द्र आउने, तातो चिसो पानीले नुहाउने, आराम गर्ने टेलिभिजन हेर्ने, संगीसाथीहरुसँग विगतको समीक्षा गर्ने र ज्येष्ठ नागरिकसँग भएको ज्ञानलाई नयाँ पुस्ताका लागि उपयोगी बनाउने लक्ष्य सहीत सञ्चालन सूरुवात गरिएको कामलाई वडा कार्यालयले प्रभावकारी रुपमा सञ्चालन गर्न सके राम्रो हुने जिल्ला समन्वय समिति सदस्य हिक्मत थापाले बताएका छन् ।
नुवाघरमा बनेको ज्येष्ठ नागरिक मिलन केन्द्र जिल्लाको हकमा पहिलो हो । २०७३ सालदेखि नै निर्माण उदेश्य राखिएको भएपनि यो ढिला गरि मात्रै सञ्चालनमा आएको छ । नेकपा एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापाको पहलमा १० लाख, एमाले केन्द्रीय सदस्य लालबहादुर थापाको पहलमा ५ लाख र बुढीगंगा नगरपालिकाको ४ लाख ५० हजार गरी १९ लाख ५० हजारको लागतमा निर्माण गरिएको छ । ज्येष्ठ नागरिक मिलन केन्द्रलाई ज्येष्ठ नागरिक ज्ञान केन्द्रका रुपमा विकास गर्ने र अन्य वडा र टोलमा पनि यो अवधारणलाई विस्तार गर्ने योजनामा नगरपालिका देखिएको छ । चौतारीमा बसी गफ गर्ने ज्येष्ठ नागरिकहरुका लागि मिलन केन्द्र निर्माण पछि बसाइ र छलफल अनि सिक्ने र सिकाउने कामका लागि प्रभावकारी हुने देखिएको छ ।




प्रतिक्रिया