गाैमुल खबर डटकम शनिबार १३, बैशाख २०८२ ०१:०७

कफल्टामा एयरपोर्टको सम्भाव्यता अध्ययन

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शनिबार, चैत २९, २०८१
कफल्टामा एयरपोर्टको सम्भाव्यता अध्ययन

बाजुरा ः जिल्लाको बडीमालिका नगरपालिका-९ मा पर्ने कफल्टा क्षेत्रमा एर्पोटको सम्भाव्यता अध्ययन गर्न प्राविधिक टोली पुगेको छ । तत्कालिन बडीमालिकाका नगर प्रमुख पदम बडुवाल नेतृत्वको टिमले कफल्टामा एयरपोर्ट बनाउने प्रस्ताव सहित निर्णय गरेको थियो । तत्कालिन प्रदेश सरकारमा सहभागि पूर्व मन्त्री प्रकाश शाहले बजेटमै सम्बोधन गरेर अध्ययनको काम अघि बढाउने गरी निर्णय गरिएको थियो ।

तर कार्यान्वयन भएको थिएन् । यो पटक बाजुराबाट संस्कृती पर्यटन तथा नागरिक उड्यनको जिम्मा बद्रीप्रसाद पाण्डेले पाएपछि फेरि अध्ययनको काम सुरु गरिएको हो । अध्ययनका लागि प्राधिकरणका ईन्जिनियर कवीन्द्र बज्राचार्य लगायतको प्राविधिक टोली उक्त क्षेत्रमा पुगेर अध्ययन गरेको छ । टोलीले सम्भाव्यता अध्ययन गर्दा एयरपोर्ट निर्माणका लागि उपयुक्त रहेको निष्कर्ष निकालेको छ ।

पहाडी क्षेत्रमा बनेका एयर प्रयोग विहीन छन् । तर बाजुरामा थप निमार्णको सम्भाव्यता अध्ययनको विषय चुनौतिपूर्ण देखिन्छ । र पनि राज्यले निर्माण गति लिन सके एयरपोर्ट बन्न उपयुक्त रहेको नेपाल नागरिक उड्डेयन प्राधिकरणका ईन्जिनियर कवीन्द्र बज्राचार्यले बताएका छन् । एर्पोटका लागी करिब आठ सय मिटर उपयुक्त हुन्छ, तर उक्त क्षेत्रको लम्बाई त्यति नभए पनि उपयुक्त रहेको उनले बताए बाँकी गुगल म्यापबाट थाहा हुने भएकाले थप अध्ययन गरिने उनले बताए ।

स्थलगत सम्भाव्यता अध्ययन गर्दैगर्दा कवल्टामा एर्पोट बन्न सक्ने सम्भावना रहेको छ, यहाँको भौगोलिक क्षेत्रको प्राविधिक चेकजाँच गर्दा यहाँको लम्बाई करिब ६ सय मिटर रहेको छ भने करिब यरर्पोटका लागि यसको लम्बाई, चौडाई पुग्न सक्ने अनुमान देखिएको छ । सदुरपश्चिम प्रदेश सभा सदस्य पदम बहादुर शाहीले स्थलगत सभ्भाव्यता अध्ययनमा पुग्नु नै यसको औपचारिक रुपमा सर्वेक्षण भएको बताए ।

May be an image of 9 people, fog and mountain

बाजुरा जिल्लाको तल्लो क्षेत्रका नागरिकहरुका लागि कवल्टामा यरर्पोटको अति आवश्यकता भएकोले यसको पहलमा लाग्ने उहाँले बताएका छन् । कवल्टामा यरर्पोट बनाउ सकियो भने बाजुरामा पर्यटन लगाएत बिरामी लाई पनि सहज देखीने भएकाले कवल्टामा यरर्पोटका पवसेक पर्ने देखिएको छ । सदरमुकाम मार्तडीबाट बडीमालिका,खप्तड,बुढिनन्दा लगायतका धार्मिक तथा पर्यटकिय क्षेत्रमा जानका लागी दुरि छोटो पर्ने भएका कारण समेत बडीमालिकाको कवल्टामा यरर्पोट अतिआवश्यक रहेको माननिय शाहीको भनाई रहेको छ ।

बाजुरा जिल्ला भौगौलिक विकटता र यहाँका नागरिकको माग अनुसार कवल्टामा यरर्पोट बने यहाँबाट धनगढी,काठमाडौं,नेपालगन्ज सम्म हवाई यात्रा गर्न सजिलो हुने माननीयको भनाई रहेको छ । बडीमालिका मन्दिर नजिक र यहाँ सदरमुकाम मार्तडीबाट दुई घण्टामा बडीमालिका मन्दिर जान सकिने भएका कारण कवल्टामा यरर्पोट बन्न अति आवश्यक रहेको प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले बताएका छन् ।

यसले गर्दा आन्तरिक तथा बाह्र पर्यटकहरुलाई बढवा दिन सकिने प्रमुख जिल्ला अधिकारी पाध्याको भनाई छ । अथाह धार्मिक तथा पर्यटकिय गन्तव्य बोकेको बाजुरा जिल्लालाई बडीमालिका धार्मिक तथा पर्यटकिय हवाई मार्ग बनाउन सकिने उहाँको भनाई रहेको छ । बडीमालिका नगरपालिका-९ मा अवस्थीत कपल्टामा यरर्पोट भए बाजुराको क्षेत्र नं २ का नागरिकलाई सजिलो हुने नेपाली काँग्रेस बाजुराका उपसभापति पदम बडुवालले बताएका छन् ।

उहाँ बडीमालिका नगरपालिको नगरप्रमुख हुँदै गर्दा आफुले कवल्टा यरर्पोटलाई निती तथा कार्यक्रम राखेको बताए । यस क्षेत्रको पहलकदमीका लागी अहिले आफु पदमा नभए पनि संघ, प्रदेश सरकार संग समन्वय गरिरहेको बताए । यस ष्क्षेत्रका नागरिकहरुका लागी प्रमुख आवश्यता पर्ने भएकाले ।

जिल्ला अस्पताल बाजुरा र सदरमुका मार्तडी समेत कवल्टा क्षेत्र संगै जोडिएको हुँदा यहाँ यरर्पोटको अतिआवश्यक रहेको उहाँको भनाई रहेकबो छ । संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री बद्रीप्रसाद पाण्डेको समन्वयमा कफल्टा क्षेत्रमा एयरपोर्टका लागि सम्भाव्यता अध्ययन प्राविधिक टोली कफल्टा क्षेत्रमा पठाईएको छ । 

कफल्टा क्षेत्रमा एर्पोटका लागी सम्भाव्यता अध्ययन गर्न शुक्रबार सुदुरप्रश्चिम प्रदेश सभा सदस्य तथा माननीय पदमबहादुर शाही, प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्या, काँग्रेस बाजुराका उपसभापति पदम बडुवाल, बडीमालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदम बहादुर माझी र नेपाल नागरिक उड्यन प्राविधकरणका ईन्जिनियर कवीन्द्र बज्राचार्य लगायतको टोली उक्त क्षेत्रमा पुगेका थिए ।

May be an image of mountain and fog

प्रतिक्रिया