गाैमुल खबर डटकम सोमबार २९, बैशाख २०८२ १०:४२

असिना पानीले पाक्नै लागेको अन्नबाली चुट्यो

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शनिबार, चैत २९, २०८१
असिना पानीले पाक्नै लागेको अन्नबाली चुट्यो

बाजुरा ः शुक्रबार साँझ परेको असिना पानी सहितको वर्षा र हावाहुरीले पाक्नै लागेको गहुँ, जौ, उवा मुसुराे लगायतका कृषिजन्य बालीमा ठूलो क्षति पुर्याएकाे छ ।

जिल्लाको गौमुल गाउँपालिका, बडीमालिका, त्रिवेणी, र बुढीगंगा नगरपालिका लगायतका क्षेत्रका कृषकहरूले लगाएको अन्न, तरकारी र फलफूलका बाली असिनाले चुटेर नष्ट पारेको छ ।

पाकी सकेको र पाक्न लागेको अन्नबाली र तरकारी फलफूलमा बढी क्षति पुगेको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जसिराम सहानीले बताएका छन् । क्षति भएको एकिन विवरण कार्यालयमा नआएको सहानीले बताएका छन् ।

यता जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक दीलिप कुमार गिरीले गौमुल गाउँपालिकामा आएको भन्ने खबर आएकोले प्रहरीको टोली पठाएको बताएका छन् ।

वर्षेनी पाक्ने समयमा आउने असिना पानीले गर्दा किसानहरु मर्कामा परेका छन् । यसवर्ष पनि पाक्ने बेलामा आएको असिना पानीले अन्नबालीमा क्षति गरेपछि चिन्तित भएका छन् । 

प्रतिक्रिया