गाैमुल खबर डटकम शनिबार ०६, बैशाख २०८२ ०२:४६

क्रिएटरकाे तेस्रो खेल मेला सकियो, देउडा गायक रेग्मी र शाह सम्मानित

गाैमुल खबर गाैमुल खबर
शुक्रबार, चैत २८, २०८१
क्रिएटरकाे तेस्रो खेल मेला सकियो, देउडा गायक रेग्मी र शाह सम्मानित

बाजुरा : क्रिएटर जोन एकेडेमी स्कुलले आयोजना गरेको तेस्रो खेल मेला सम्पन्न भएको छ । चैत्र २५ गतेबाट सञ्चालन भएको तेस्रो खेल मेला शुक्रवार भव्य कार्यक्रमकाबीच सम्पन्न भएको हो ।

उक्त खेल मेलामा छात्र-छात्रा खुला भलिबल र फुटबल प्रतियोगीता सञ्चालन गरिएको थियो । खेल मेलामा सहभागी टिम मध्ये छात्र भलिबल खेलमा प्रथम त्रिवेणी नगरपालिका भएको छ । भने द्धितीय नवयुग युवाक्लव भएको छ । 

त्यस्तै छात्रा भलिबल खेलमा प्रथम आयोजक क्रिएटर जोन एकेडेमी र द्धितीय सि.वाई.सी गौमुल भएकोे छ । फुटबलमा प्रथम रानिवन स्पोस्र्ट क्लब भएको छ । दुबै खेल प्रतियोगीतामा विजेता र उपविजेतालाई मेडल, प्रमाण पत्र सहीत नगद पुरस्कार प्रदान गरिएको प्रिन्सिपल मिन बहादुर कार्कीले बताएका छन् ।

आजै नयाँ वर्षको शुभकामना आदान-प्रदान र एकल देउडा गायन प्रतियोगिता समेत सञ्चालन गरिएको थियो । भने विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए । खेल क्षेको विकास, देउडा श्रष्टाको पहिचान र प्रतभा प्रस्फुटन गर्ने उद्देश्य सहीत सञ्चालन गरिएको कार्यक्रममा लोकप्रिय देउडा गायक नरेन्द्रराज रेग्मी र सर्जक तथा श्रष्टा राजेन्द्र शाह (बिपी) लाई सम्मान गरेको छ । 

सुदूरपश्चिमको मौलिक संस्कृति लोक देउडाको विकास र संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको भन्दै दोसल्ला सहीत सम्मान पत्रले सम्मानित गरेको हो । विद्यालयका प्रिन्सिपल मिन बहादुर कार्कीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सभा सदस्य पदम बहादुर शाही रहनु भएको थियो । 

कार्यक्रममा शसस्त्र प्रहरी बल आश्रित गुल्मका डिएसपी श्याम रावत, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जनक बोहरा, देउडा गायक नरेन्द्रराज रेग्मी र राजेन्द्र शाह (बिपी) अतिथि रहेका थिए । विद्यालयको प्राङ्गणमै सञ्चालन भएको कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावक, पत्रकार लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन शिक्षक डबल हमालले गरेका गरेका थिए ।

No description available.

प्रतिक्रिया