अछाम : अछाममा एक महिलाको टाउको नभएको अवस्थामा शव भेटिएकाे छ । ढकारी गाउँपालिका-२ काे चाइराखोलाको छेउमा शंकास्पद अवस्थामा शव भेटिएकाे हाे ।
टाउको नभएको हुदाँ शवको पहिचान भने खुल्न सकेको छैन। स्थानीयवासीले शंकास्पद अवस्थामा शव फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए। खबर लगत्तै प्रहरीकाे टोली घटनास्थलमा गएकाे जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।
वडा अध्यक्ष चन्द्र साउँदका अनुसार घटनाबारे विस्तृत विवरण आउन बाँकी छ। घटनाको प्रकृति हेर्दा शंकास्पद देखिएकोले अनुसन्धानलाई प्राथमिकताका साथ अघि बढाइएको छ।
प्रतिक्रिया