बाजुरा ः महिला बालबालिका, युवा सशक्तीकरण सम्बन्धी तालिम सदरमुकाम मार्तडीमा सुरु भएको छ । करिब १५ दिनसम्म सञ्चालन हुने तालिमलाई सुदूरपश्चिम प्रदेश सभा सदस्य पदमबहादुर शाहीले उद्घाटन गरेका छन् ।
महिला बालबालिका तथा युवाहरुलाई बाटो देखाउने गरी सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय तथा सामाजिक विकास कार्यालय बाजुराको आयोजनामा सञ्चालन गरिएको कार्यालय प्रमुख मीन लामिछानेले बताएका छन् ।
तालिममा युवाहरुको सकरात्मक सोँच निर्माण गर्न, लोक सेवा आयोग, कम्प्युटर आधारभूत तालिम, विपद् व्यवस्थापन सम्बन्धी स्वयंम सेवक तालिम र कुक तालिम प्रदान गरिने भएको छ ।
सुदूरपश्चिम प्रदेश सभा सदस्य पदमबहादुर शाहीको पहलमा सञ्चालन गरिएको तालिममा बुढीगंगा नगरपालिका, त्रिवेणी नगरपालिका र खप्तड छेडेदह गाउँपालिकाका करिब ३० बढी युवायुवती सहभागी बनेका छन् ।
एसईई दिएर बसेका तथा कक्षा–११ र १२ मा अध्यनरत उनीलाई सामान्य ज्ञान सिकाउनका लागि तालिम मार्तडीको रोयल होटेल बिहीबारबाट सञ्चालन गरिएको छ ।
तालिमको उद्घाटन गर्दै सुदूरपश्चिम प्रदेश सभा सदस्य पदमबहादुर शाहीले जग बलियो बनाउने गरी तालिम आयोजना गरिएको बताएका छन् ।
शाहीले राजनीतिक दलप्रति पछिल्लो समय निराशा मात्र बढ्न थालेको तर आशा पनि जीवित राख्न जरुरी हुने उल्लेख गरेका छन् ।
आफ्नो क्षमता र विवेक अभिबृद्धि गरेर पछिल्लो युवा पुस्ता विक्री हुने खालको हुन अपरिहार्य रहेकोमा जोड दिएका छन् ।
पहिले जस्तो नभएर यो युग स्वर्णीम युग भएकोले पछिल्लो पुस्ताले अघिल्लो पुस्तालाई धिक्कार नहुने धारणा राखेका छन् ।
भोलीका भविष्य बोकेका युवाहरुले जग सुधार्न आग्रह गर्दै अबको युवाहरु सशक्त र व्यवसायीक बन्नुपर्नेमा शाहीको अनुरोध छ ।
वडा, ठाउँ, जिल्ला र देशका लागि युवाहरुले केही गर्नुपर्छ भन्ने ठूलो सपना बोकेर अघि बढ्न समेत तालिमका सहभागीलाई अपिल गरेका छन् ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्या, सशस्त्र प्रहरी नायब उपरीक्षक श्याम रावत, काँग्रेस नेता धनराज साउँद लगायतको सहभागीता रहेको थियो ।
तालिममा विभिन्न बौद्धिक क्षेत्रका व्यक्तिहरुले प्रशिक्षकको रुपमा प्रशिक्षण दिने भएका छन् । तालिमले युवाहरुमा नवीन सोँचको विकास हुने विश्वास गरिएको छ ।
प्रतिक्रिया