बाजुरा ः बडीमालिका कृषि पर्यटन तथा साँस्कृतिक महोत्सव सम्पन्न बडीमालिका कृषि पर्यटन तथा साँस्कृतिक महोत्सव सम्पन्न भएको छ ।
गत चैत्र १७ गतेदेखि सदरमुकाम मार्तडीमा सञ्चालन भएको महोत्सव आज सम्पन्न भएको छ । बुधबार (आज) महानायक राजेश हमालको प्रस्तुतीसंगै महोत्सव सम्पन्न भएको महोत्सव प्रचारप्रसार प्रमुख मदन विकले बताएका छन् ।
बडीमालिका सामुदायिक विकास समाज बाजुराको आयोजना र बडीमालिका नगरपालिकाको प्रबर्द्धकमा प्रथम बडीमालिका महोत्सव आयोजना गरिएको हो ।
“कृषि जडिबुटी, उद्योग, पर्यटन, र व्यापार, बडीमालिकाको समृद्धिका लागि विकासको आधार” भन्ने मुल नाराका साथ आयोजित महोत्सवको सुदूरपश्चिम प्रदेश सभा सदस्य पदमबहादुर शाहीले समापन गरेका हुन् ।
१० दिनसम्म सञ्चालन भएको महोत्सवमा स्थानीय उत्पादन र उद्यमी मेला र कला संस्कृतिको प्रबर्द्धन र विकास केन्द्रीत भएर सञ्चालन गरिएको थियो ।
स्थानीय कला संस्कृतिको प्रबर्द्धन, रैथाने खाद्यान्नको पहिचान र उद्यम उत्पादनलाई बढवा दिनको लागि महोत्सव आयोजना गरिएको बडीमालिका सामुदायिक विकास समाजका अध्यक्ष अमर बहादुर विकले बताएका छन् ।
महोत्सवमा कला, संस्कृतिको पहिचान र मौलिकतालाई झल्काउने र पर्यटकीय स्थल बडीमालिकाका प्रबद्र्धन गर्ने उदेश्यले महोत्सव आयोजना गरिएको हो ।
महोत्सवमा स्थानीय कला संस्कृति झल्किने डेउडा, विभिन्न जनचेतनामुलक कार्यक्रम समेत प्रस्तुत गरिएको आयोजकले बताएका छन् ।
स्थानीय तथा रैथाने बालीको उत्पादन, प्रचारप्रसार तथा संरक्षण, स्थानीय कला, संस्कृतिको पहिचान र मौलिकतालाई महोत्सवमा मुख्य प्राथामिकता दिईएको छ ।
बडीमालिकालाई मुख्य पर्यटकीय गन्तव्यको रुपमा विकास गरी दिर्घकालिन रुपमा यहाँको आर्थिक समृद्धिमा टेवा पुर्याउने महोत्सवको मुख्य उदेश्य रहेको थियो ।
कार्यक्रमको संयोजक वरिष्ठ एरेन्जर बिनोद बाजुरालीले गरेका हुन् । आयोजकले कार्यक्रम भव्य र सानदार सकिएको बताएका छन् ।
प्रतिक्रिया