गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०५:३२
Dho

बडीमालिका नगरपालिकाद्धारा म्याद गुज्रेका अखाद्य वस्तु बरामद गरी नष्ट

२० लिटर अवैध घरेलु मदिरा समेत बरामद गरी नष्ट
बाजुरा
रमित वि.क.
बिहीबार, साउन २५, २०८०
बडीमालिका नगरपालिकाद्धारा म्याद गुज्रेका अखाद्य वस्तु बरामद गरी नष्ट

बाजुरा :  बडीमालिका नगरपालिकाले आफ्नो क्षेत्राधिकार भित्रको बजार अनुगमन गरी म्याद गुज्रेका अखाद्य वस्तुहरु बरामद गरी नष्ट गरेको छ । अनुगमन समितिका संयोजक एवं बडीमालिका नगरपालिकाका उप–प्रमख नन्दा कुमारी थापाको संयोजत्वमा भएको अनुगमनको क्रममा फेला परेको अखाद्य खाद्यन्न वस्तु नष्ट गरिएको हो । आज गौमुल गाउँपालिकाको सिमा नजिक रहेको घट्मुना बजारमा अनुगमन गरिएको हो । अनुगमनका क्रममा म्याद समाप्त भएका केही वस्तुहरु सोही ठाउँमा बरामद गरी नष्ट गरिएको छ । 

नगरपालिका भित्रका विभिन्न खाद्यान्न पसलहरुमा गरिएको अनुगमनको क्रममा म्याद नाघेका, चाउमिन अजिना, सोयामिन, लेबल नभएका विस्कुट, चाउचाउ, खाने तेल, मसला लगायतका खाद्यान्न वस्तुहरु जफत गरी नष्ट गरिएको र पसलका सञ्चालकहरुलाई अखाद्य वस्तु विक्री वितरण नगर्न अन्तिम चेतवानी दिइएको छ ।  उनले उपभोक्ताको हितको लागि विक्रेताले पनि आफ्नो जिम्मेवारी बहन गर्नुपर्ने बताउँदै बजारमा कालोबजारी, उपभोग हुने अखाद्य वस्तुहरुको विक्री वितरण भएमा आफुहरुलाई सूचना दिन पनि आग्रह गरिन् ।

No description available.

  त्यस्तै बडीमालिका नगरपालिका–२ का वडा अध्यक्ष डम्मर महतले अनुगमनको क्रममा फेला परेको अखाद्य वस्तुहरु नष्ट गरिएको बताउँदै अबदेखि अखाद्य वस्तुहरु विक्री वितरण नगर्न विक्रेताहरुलाई आग्रह गरे । अनुगमनको क्रममा फर्महरु (पसल) नवीकरण म्याद सकिएको, पसलमा मुल्य सूची देखिने गरी नराखिएको पाइएको कारण पसलका सञ्चालकहरुलाई तत्काल सबै प्रक्रिया पूरा गरेर मात्र व्यवसाय गर्न आग्रह गरिएको छ । 

बजार अनुगमनमा समितिका संयोजक एवं बडीमालिका नगरपालिकाका उप–प्रमख नन्दा कुमारी थापा, बडीमालिका नगरपालिका–२ का वडा अध्यक्ष डम्मर महत, जिल्ला प्रशासन कार्यालयका नायव सुब्बा गोकर्ण रेग्मी, नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराका सचिव रमित विक, जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक दिप बहादुर रावल, नगरपालिकाका अधिकृत पुष्पराज भट्ट, कृष्ण खड्का लगायतको सहभागीता रहेको थियो । 

यसैबीच आज बडीमालिका नगरपालिका–९ मेलकाँधमा सोही टोलीले अवैध मदिरा बरामद गरी नष्ट गरिएको छ । करिव २० लिटर बढी घरेलु मदिरा संयुक्त बजार अनुगमन टोलीले नष्ट गरेको हो । बजार अनुगमन गर्ने बेलामा अवैध मदिरा समेत फेला परेको बुझिएको छ । 

प्रतिक्रिया