गाैमुल खबर डटकम बिहीबार ०४, बैशाख २०८२ ०२:५८

गौमुल-४ ले वडामा फोर ‘जी’ टावर जडानका लागि पहल गर्ने

गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, चैत २५, २०८१
गौमुल-४ ले वडामा फोर ‘जी’ टावर जडानका लागि पहल गर्ने

बाजुरा : गौमुल गाउँपालिका-४ नम्बर वडाले फोर ‘जी’ टावर जडानका लागि पालिका तथा सम्बन्धित निकायमा पहल गर्ने भएको छ । सोमबार बसेको यस वर्षको अन्तिम बैठकले ४ र ५ नम्बर वडाका नागरिक लाभान्वित हुने गरी टावर निर्माण गर्न पहल गर्ने निर्णय गरेको वडाध्यक्ष अमर बहादुर विकले बताएका छन् ।

आधुनिक युगमा हरेक नागरिकलाई प्रविधिसंग जोड्ने उद्देश्यसहित टावर निर्माणका लागि सम्बन्ति निकायमा पहल गर्ने उनको बताए ।

फोर ‘जी’ टावर निर्माण गरे वडा नम्बर-४ का करिब ३ सय र वडा नं.५ का २ सय ९६ घरधुरी लाभान्वित हुने निष्कर्ष सहीत स्थानीय सरकार र नेपाल टलिकम समक्ष पहल गर्ने निर्णय गरिएको वडाध्यक्ष विकले बताए । 

त्यस्तै बैठकले नयाँ वर्षको शुभकामना आदान प्रदान गर्ने, नागरिकको अधिकार प्रत्योजित र वडाबासीलाई आत्मनिर्भर बनाउँनका लागि विभिन्न तालिममा सहभागी गराउँन छनौट गर्ने निर्णय वडाले गरेको उनले बताएका छन् ।

वडाले अढाई वर्षको अवधीमा गरेका हरेक गतिविधीका बारेमा समीक्षा पनि गरेको छ । वडाध्यक्ष अमर बहादुर विकको अध्यक्षतामा सञ्चालन भएको बैठकमा कार्यपालिका सदस्य, वडा सदस्य, स्वास्थ्यकर्मी, कर्मचारीहरुको उपस्थित रहेको थियो ।

प्रतिक्रिया