गाैमुल खबर डटकम मङ्गलबार २५, चैत २०८१ ०८:३२

जमिनमा पसिना बगाउने मान्छे नै भोको छ : शान्ता चौधरी

गाैमुल खबर गाैमुल खबर
सोमबार, चैत २४, २०८१
जमिनमा पसिना बगाउने मान्छे नै भोको छ : शान्ता चौधरी

बाजुरा : भूमि अधिकार तथा श्रमिक संगठन नेपाल केन्द्रीय अध्यक्ष शान्ता चौधरीले जमिनमा रगत बगाउँने मान्छे नै गरिबको रेखामुनि रहेकाले यसलाइ अन्त्य गर्नुपर्ने बताएकी छन् । 

भूमि अधिकार तथा श्रमिक संगठन, नेपाल बाजुराको प्रथम भेलालाई सम्बोधन गर्दै चौधरीले देशमा सबैभन्दा बढी जमिनमा रगत, पसिना र मेहनत गर्ने वर्गहरु धनि हुनुपर्ने भएपनि त्यसको ठिक विपरीत हातमा पन्जा लगाएर माटो छुने मान्छे धनि हुने गरेको बताएकी छन् ।

नेकपा एमाले पोलिटव्यूरो सदस्य समेत रहेकी चौधरीले जसले जमिनमा रगत, पसिना बगाएको छ, त्यही समुदायका मानिसहरुको बास अनि गास छैन्, त्यही समुदाय भूमिहीन सुकूमबासी छन् । तर माटो छुन् पञ्जा लगाउनेहरुका नै ठुल–ठुला महल र कयौं विगा जमिन रहेको बताउँदै यसैको विरुद्ध आवाज उठाउन र वकालत गर्न नेकपा एमालेका २३ वटा जनवर्गिय संगठन मध्ये मुख्य संगठन रहेको बताएकी छन् । 

पूर्व सांसद समेत रहेकी चौधरीले देशका सर्वहारा, श्रमजिवि, भूमिहीन सुकुम्बासीहरुको आवाज उठाउनका निम्ति एमालेले संगठन निर्माण गरेको बताएकी छन् । उनले भनिन् २०६८ सालमा स्थापना भएको श्रमजिवि वर्गको आवाज उठाउने भूमि अधिकार तथा श्रमिक संगठन निकै महत्व छ, तर बुझाई फरक छ, जुन दिन संगठनको महत्व बुछौं, त्या दिन यो संगठनमा बस्न भिड लाग्ने छ ।

वर्गिय समस्या समाधान गर्न निर्माण भएको संगठनलाई बलिायो र चलायमान बनाउँन सबैले आ-आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्नुपर्ने बताएकी छन् । सुदूरपश्चिमको हकमा संगठन कमजोर रहेको आफूलाई महसुस भएको बताउँदै यसलाई बलियो बनाउँन सबैले सक्रिय हुनुपर्नेमा जोड दिएकी छन् ।

श्रमजिवि वर्गहरुको मुद्धा उठाउँने र पक्षमा बोल्ने पार्टी नेकपा एमाले मात्रै रहेको चौधरीले बताएकी छन् । देशका ६४ जिल्लामा संगठन विस्तार गरिसकेको र अन्य जिल्लामा विस्तारको काम भईरहेको उनले बताएकी छन् । बैशाख २३, २४ र २५ गते टिकापुरमा हुने अधिवेशनको पूर्व तयारी र जिल्लामा विस्तार कमिटीलाई क्रियाशिल र नभएका जिल्लाहरुमा पुर्नःगठनको लागि सुदूरपश्चिमका सबै जिल्ला दौडाहमा रहेको उनले बताएकी छन् । 

प्रतिक्रिया