गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०६:४९
Dho

गौमुल गाउँपालिकामा विद्यालय दिवाँ खाजामा तरकारी अनिवार्य

सरकारले लिएको नीति तथा कार्यक्रमको कार्यान्वयन गर्न उपाध्यक्ष सीता थापाको आग्रह
बाजुरा
रमित वि.क.
बुधबार, साउन २४, २०८०
गौमुल गाउँपालिकामा विद्यालय दिवाँ खाजामा तरकारी अनिवार्य

बाजुरा : गौमुल गाउँपालिकाले स्थानीय कृषि उपजमा आधारित विद्यालय दिवाँ खाजा कार्यक्रम अन्तर्गत हरियो तरकारीको प्रयोग अनिवार्य गर्ने भएको छ । विद्यालयमा बालबालिकाहरुलाई खुवाईने दिवाँ खाजामा प्रत्येक विद्यालयमा अबबाट हरियो तरकारी अनिवार्य कृषकहरुले उपलब्ध गर्नुपर्ने भएको छ । 
मौसमी तथा बेमौसमी तरकारी उत्पादनमा कृषकहरुलाई जोड दिन प्रत्येक वडाले सहकारी तथा कृषक समूहरुलाई जिम्मेवारी दिएका छन् । बालबालिकाहरुले एकै प्रकारको भोजन प्रयोग गर्दा दिक्क लाग्ने र तरकारीको प्रयोगले बौद्धिक र मानसिक रुपमा बलियो हुने विश्वास आफुहरुले लिएको उपाध्यक्ष सीता थापाले बताएकी छन् ।
गिफ्ट नेपाल र मर्सीकोरको सहयोग र गाउँपालिकाको समन्वयमा गाउँपालिका भरिका सम्पूर्ण विद्यालयमा आगामी भदौ १ गतेबाट अनिवार्य हरियो तरकारी प्रयोग गरी दिँवा खाजा प्रयोग हुने भएको छ । 


वडामा रहेका सहकारी तथा कृषक समूहरुले तरकारी उत्पादन गरी बाह्रै महिना आफ्नो नजिकको पायकपर्ने विद्यालयमा अनिवार्य हरियो तरकारी उत्पादन गरी व्यवस्थापन गर्नुपर्ने भएको छ । 
आज गिफ्ट नेपाल र मर्सीकोरको आयोजनामा स्थानीय कृषि उपजमा आधारित विद्यालय दिवाँ खाजा कार्यक्रम अन्तर्गत तरकारी आपूर्ति कर्ता छनोटका लागि पालिका स्तरीय समन्वय बैठकको आयोजना गरिएको हो ।
बैठकमा स्थानीय कृषि उपजमा आधारित विद्यालय दिवाँ खाजा कार्यक्रम अन्तर्गत तरकारी आपूर्ति कर्ता छनोट, विद्यालयमा दिवाँ खाजा कार्यविधि तयारी मस्यौदा समितिको गठन, वडा अध्यक्षहरुको संयोजकत्वमा वडा स्तरमै तरकारी आपूर्ति कर्ता छनोट गर्ने बिषयमा व्यापक छलफल गरिएको गिफ्ट नेपालका कार्यक्रम प्रबन्धक कृष्ण अधिकारी बताए ।  कार्यक्रममा सहकारी तथा कृषक समूहका प्रतिनिधिहरुले आफुहरुको पायकपर्ने विद्यालयमा हरेक दिन हरियो तरकारी उपलब्ध गर्ने प्रतिबद्धता समेत गरेका छन् ।

सहकारी तथा कृषक समूहले वडाका तरकारी उत्पादक कृषकबाट तरकारी संकलन गरी विद्यालयमा उपलब्ध गर्नुपर्ने भएको छ । हरियो तरकारीको प्रयोगले बालबालिकाका दिमाग तीक्ष्ण हुनुका साथै स्वास्थ्य समेत तन्दुरुस्त हुने भएकै कारण आफुहरुको कार्यक्रम त्यतातिर केन्द्रीत भएका मर्सीकोरका सन्तोष कुमार शर्माले बताए ।
कीर्तिचौर मावि कालादहले विद्यालयमा तरकारी उत्पादन आफैले गरी प्रयोग गर्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका वडा अध्यक्ष अमर विकले बताए । कृषि बाली विज्ञान अन्तर्गत जग्गा भाँडामा लिएर तरकारी विद्यार्थीहरुले आफै उत्पादन गरिसकेको बताए । 
अन्य विद्यालयको हकमा आवश्यकताका आधारमा स्वयंम कृषक, कृषक समूह र सहकारी मार्फत विद्यालयमा तरकारीको प्रयोग गरिने भएको छ । आज विभिन्न साझेदार संघ संस्था र पालिका स्तरको बैठकमा प्रत्येक वडा कार्यालयमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष, प्रधानाध्यापक र सहकारी तथा कृषक समूह बीच छलफल समेत गरिने भएको छ । 
जसमा श्रावण २६ गते वडा नम्बर १, श्रावण २७ गते वडा नम्बर २, श्रावण २८ वडा नम्बर ३, श्रावण २९ गते वडा नम्बर ५, श्रावण ३० गते वडा नम्बर ४ र श्रावण ३१ गते वडा नम्बर ६ मा बैठक गरी छलफल गरिने भएको छ ।  
सरकारले लिएको नीति तथा कार्यक्रमको कार्यान्वयन गर्न उपाध्यक्ष सीता थापाको आग्रह 
गौमुल गाउँपालिकाका उपाध्यक्ष सीता थापाले सरकारले लिएको नीति तथा कार्यक्रमको कार्यान्वयन गर्न आग्रह गरिन् । 
आज स्थानीय कृषि उपजमा आधारित विद्यालय दिवाँ खाजा कार्यक्रमको पालिका स्तरको बैठकको संम्बोधन गर्दै उनले यस्तो बताएकी छन् । 
सरकारले यस अघि नै प्रत्येक घरपरिवारले “एक घर एक करेसाबारी, हरेक दिन हरियो तरकारी” को नारा लिएर सुरुवात गरिसकेका कारण अब कार्यान्वयन गर्नुपर्ने बेला आएको बताईन् । 
नीति तथा कार्यक्रमको कार्यान्वय गरी कृषकहरुको जिविकोपार्जेन र आयआर्जेनमा जोड दिन स्थानीय सरकारसंग विभिन्न दातृ निकायले सहयोग गरेको प्रति धन्यवाद समेत दिईन् ।
हरेक बेला विभिन्न प्रकारका बीउ बिजन गाउँपालिकाको कृषि शाखाबाट उपलब्ध गरिएको भएपनि केही कृषक बाहेक अन्यले तरकारी उत्पादनमा खासै जोड नदिएको प्रति दुःख व्यक्त गरिन् । 
सरकारले नीति तथा कार्यक्रम बनाई दिने भएपनि जनताहरुबाट त्यसको कार्यान्वयन नहुने प्रवृति बढ्दै जानु र बाटो देखाउदा पनि केही कृषकले मेहेनत गर्ने तर केहीले वास्ता नगर्ने गरेको बताईन् । 
तरकारी उत्पादन गरेपछि आफ्नो परिवारले पनि प्रयोग गर्ने र बढी भएको विक्री गरेर आफ्नो आम्दानी समेत हुने भएका कारणले तरकारी उत्पादनमा सबैले लाग्न अनुरोध गरिन् । 
बैठकमा उपाध्यक्ष सीता थापा, वडा अध्यक्ष कलक बहादुर सिंह, प्रकाश रोकाया, गोरख बोहरा, अमर विक, कार्यबाहक वडा अध्यक्ष प्रेम रोकाया, सूर्य रोकाया, गिफ्ट नेपालका कार्यक्रम प्रबन्धक कृष्ण अधिकारी, मर्सीकोरका सन्तोष कुमार शर्मा, निमित्त प्रमुख प्रशासकीय अधिकृत धर्म खडायत लगायत शाखाका प्रतिनिधि, सहकारी तथा कृषक समूहका प्रतिनिधिहरुको उपस्थिति थियो । 
गाउँपालिकाका सभा हलमा आयोजना गरिएको बैठकको सहजीकरण गिफ्ट नेपालका कार्यक्रम प्रबन्धक कृष्ण अधिकारी, मर्सीकोरका सन्तोष कुमार शर्माले गरेका हुन् । 


 

प्रतिक्रिया