गाैमुल खबर डटकम सोमबार २४, चैत २०८१ १२:०२

त्रिवेणीका गोर्खे पाँच दिनदेखि बेपत्ता

बाजुरा
गाैमुल खबर गाैमुल खबर
आइतबार, चैत २३, २०८१
त्रिवेणीका गोर्खे पाँच दिनदेखि बेपत्ता

बाजुरा ः जिल्लाको त्रिवेणी नगरपालिका-९ स्थायी घर भएका गोर्खे सार्की नयाँ दिल्ली करोल बाँग रतक सडकबाट हराएका छन् । विगत पाँच दिनदेखि उक्त सडकको ७ नम्बर गल्लीबाट हराएको सार्कीका आफन्त प्रेम सार्कीले बताएका छन् ।

हराएका आफ्ना ठुला बुबालाई खोजी कार्यका लागि आफन्तलाई आग्रह गरेका छन् । देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुले कहीँकतै भएमा परिवारलाई खबर गरी सहयोग गरिदिन अपिल गरेका छन् ।

उमेरले ७८ वर्ष पुगेका सार्की एकाएक हराएका हुन् । उचाई अन्दाजी ६ फिट, गहुँ गोरो वर्ण भएका सार्की हराएका छन् । खोजी कार्यका लागि अनुरोध गरेसंगै नेपालका लागि (९८४८६७२०७१) र नयाँ दिल्लीका लागि (९६५०७६२९२०) नम्बरमा सम्पर्क गर्न भनिएको छ ।

बेपत्ता सार्कीको खोजीका लागि स्थानीय प्रशासन तथा प्रहरीलाई खबर गरिदिन समेत आफन्तले शुभचिन्तकलाई अनुरोध गरेका छन् । सार्की भारतमा बस्दै आएका थिए ।

प्रतिक्रिया