गाैमुल खबर डटकम आइतबार १०, फागुन २०८२ ०८:५२

जातीय विभेद गर्ने पत्रकार शाही विरुद्ध प्रहरीमा उजुरी

गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, चैत १९, २०८१
जातीय विभेद गर्ने पत्रकार शाही विरुद्ध प्रहरीमा उजुरी

बाजुरा : जातीय विभेद गर्ने पत्रकार उमेशजंग शाहीका विरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ । राष्ट्रिय दलित पत्रकार संघ नेपाल बाजुराले सामाजिक सञ्चाल फेसबुकमा पत्रकार शाहीले जातीय विभेद गर्ने अभिव्यक्ति दिएको भन्दै प्रहरीमा उजुरी दिएको हो ।

स्वामीकार्तिक खापर गाउँपालिका-३ जुकोट घर भएका शाहीले जातीय विभेद हुने खालका शब्द प्रयोग गरी सिङ्गो दलित समुदाय माथि प्राहार गरेको भन्दै कारबाहीका लागि प्रहरीमा उजुरी दिएको राष्ट्रिय दलित पत्रकार संघ नेपाल बाजुराका अध्यक्ष धनरुप कामीले बताएका छन् । 

शाही नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराका कोषाध्यक्ष र सेती कर्णाली अनलाईन खबरका सञ्चालनक पनि हुन् । जिम्मेवार व्यक्तिले नै जातीय विभेद गर्ने खालका अभिव्यक्ति दिई सामाजिक रुपमा खलल पुर्याएर जिल्लाको सिंगो दलित समुदाय माथि आँच पुर्याएउने काम गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको राष्ट्रिय दलित पत्रकार संघ नेपाल बाजुराका सचिव प्रमित विकले बताएका छन् ।

एक पटक मात्र नभएर पटक पटक सामाजिक सञ्जाल फेसबुका पाेष्टहरुमा कमेन्ट मार्फत जातीय विभेद गर्ने शब्द प्राहार गरेकाले दोषीमाथि नेपालको प्रचलित कानुन बमोजिम कारबाहीको माग गर्दै उजुरी दिएको उनले बताए । आज जिल्ला प्रहरी कार्यालय बाजुरामै पुगेर जातीय विभेद गर्ने शाही विरुद्ध प्रहरी नायव उपरीक्षक दिलीप कुमार गिरीलाई उजुरी दिएको हो ।

मंगलबार दिउँसो राष्ट्रिय दलित पत्रकार संघ नेपाल बाजुराका अध्यक्ष धनरुप कामी, सचिव प्रमित विक, सल्लाहकार रमित विक, मदन विक, राम बहादुर विक र धनकृष्ण विकले जिल्ला प्रहरी कार्यालयमा पुगेर उजुरी दिएका थिए ।

प्रतिक्रिया