गाैमुल खबर डटकम शुक्रबार १३, असार २०८२ ०९:२५

उत्पीडित जातीय मुक्ति समाज बाजुराको सम्मेलनबाट नयाँ नेतृत्व सर्वसम्मत

बाजुरा
गाैमुल खबर गाैमुल खबर
सोमबार, चैत १८, २०८१
उत्पीडित जातीय मुक्ति समाज बाजुराको सम्मेलनबाट नयाँ नेतृत्व सर्वसम्मत

बाजुरा ः नेपाल उत्पीडित जातीय मुक्ति समाज बाजुराको पाँचौं जिल्ला अधिवेशन तथा सम्मेलनबाट नयाँ नेतृत्व सर्वसम्मत चयन गरिएको छ । “जातीय भेदभाव तथा छुवाछूत अन्त्य गर्न राष्ट्रिय नीति निर्माण गरौं, समानुपातिक समावेशी प्रतिनिधित्वको संवैधानिक अधिकार सुनिश्चित गरौं” मुख्य नाराका साथ सम्मेलन आयोजना गरिएको हो ।

सोमबार गरिएको बन्दशत्रबाट सबै उम्मेदवारहरुको सहमतिका आधारमा नेतृत्व चयन गरिएको छ । जसमा अध्यक्ष विर्ख सुनार, उपाध्यक्ष लछी विक र रतन नेपाली, सचिव हरिकेश नेपाली, कोषाध्यक्ष नर्मा विक, उपसचिवमा हर्कबहादुर विक र नरजन कामी लगायत सदस्य सर्वसम्मत घोषणा गरिएको अध्यक्ष मण्डलका सदस्य अमर विकले बताएका छन् ।

कार्यक्रममा नेकपा (एमाले) जिल्ला कमिटी सचिव काँशी विक, उपसचिव तथा जनसंगठन विभाग प्रमुख हरिबहादुर रोकाया, नेपाल उत्पीडित जातीय मुक्ति समाज सुदूरपश्चिम प्रदेश सचिव जंग विक, जिल्ला कमिटी सदस्य लाछु सार्की, गौरी सार्की, शंकर चदाँरा लगायत नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।


   

प्रतिक्रिया