गाैमुल खबर डटकम सोमबार १७, चैत २०८१ ०५:३०

सन्तोष परियार चढेको सरकारी गाडीमा राजावादीले गरे आगजनी

काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
शुक्रबार, चैत १४, २०८१
सन्तोष परियार चढेको सरकारी गाडीमा राजावादीले गरे आगजनी

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार चढेको गाडीमा आज राजावादी आन्दोलनकारीले आगजनी गरेका छन् । बालकुमारी स्थित सीसी आरसी कलेज अगाडी गाडी रोकेर आन्दोलनकारीले जलाइदिएका हुन् ।

बेलुकी कर्फ्यु लागेपछि परियार भित्री बाटो प्रयोग गरेर भक्तपुरस्थित आफ्नो निवासमा जाँदै थिए । त्यस क्रममा अगाडीबाट आएको भिडले रोकेको उनले बताए । ‘सरकारी नम्बर प्लेट देख्नासाथ रोकेर होहल्ला गर्न थाले ।

चालक साथी र ममात्रै थियौं । हामी दुवैलाई बाहिर निकालेर गाडीमा आगो लगाए । हामी दुवैजना सकुशल छौं’, उनले भने । परियारले आफूलाई नचिनिकन गाडीमा आगजनी गरिएको बताए ।

प्रतिक्रिया