गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०६:५१
Dho

गौमुल गाउँपालिकाले प्रथम थारखोला लघुजलविद्युत आयोजनाको नहर निर्माण गर्ने

लागत अनुमान तयार पारिदैं
बाजुरा
रमित वि.क.
मङ्गलबार, साउन २३, २०८०
गौमुल गाउँपालिकाले प्रथम थारखोला लघुजलविद्युत आयोजनाको नहर निर्माण गर्ने

बाजुरा : गौमुल गाउँपालिका–४ मा रहेको प्रथम थारखोला लघुजलविद्युत आयोजना उपभोक्ता समितिको नहर तत्काल निर्माण गरिने भएको छ । आज गौमुल गाउँपालिकाका उपाध्यक्ष सीता थापाको नेतृत्वमा गएको प्राविधिकहरुको टोलीले आयोजनाको क्षतिको विवरण बारे जानकारी लिएको छ ।
गत शनिबार राति आएको अविरल वर्षाका कारण नहर माथिबाट ठुलो पहिरो खसेपछि विद्युत सेवा बन्द भएको थियो ।करिव २४ मिटर बढी नहर पहिरोका कारण भत्केर ध्वस्त भएको गौमुल गाउँपालिकामा कार्यरत प्राविधिक अर्जुन रोकायाले बताए । 

No description available.
तत्काल लागत अनुमान तयार गरी नहर निर्माण गर्न लागिएको उपाध्यक्ष सीता थापाले बताएकी छन् । नहर माथिबाट र तलबाट संगै पहिरो गएपछि विद्युत सेवा अवरुद्ध भएको हो । करिव २५ किलोवाट क्षमता रहेको थारखोला लघुजलविद्युत आयोजना उपभोक्ता समितिको नहर भत्किएको हो ।  नहर भत्किएपछि गौमुल गाउँपालिका–४ र ५ नम्बर वडाका स्थानीय अन्धकारमा बस्न बाध्य भएका छन् । एकसाता भित्र नै नहर निर्माण गरिने वडा नम्बर ५ का वडा अध्यक्ष कलक बहादुर सिंहले बताए । 
नहर निर्माण गर्नका लागि गौमुल गाउँपालिका लगायत अन्य दातृ निकायसंग तत्काल पहल गर्ने आश्वासन दिएका वडा अध्यक्ष अमर विकले नहर तत्काल निर्माण हुने बताए । अनुमानित २५ लाख बढीको लागतमा नहर निर्माण गरिने बताईएको छ । यता गौमुल गाउँपालिकाले पहिरोले तहसनहस भएको नहर निर्माण गरिदिने भएपछि स्थानीय खुसी भएका छन् । आयोजनाको क्षतिको विवरण बारे जानकारी लिन उपाध्यक्ष सीता थापा, वडा नम्बर ५ का वडा अध्यक्ष कलक बहादुर सिंह लगायत प्राविधिकको टोली सम्बन्धित स्थान पुगेको हो । 

प्रतिक्रिया