गाैमुल खबर डटकम सोमबार १७, चैत २०८१ ०१:३४

चोरी मुद्दामा फरार बाजुराका एक जना पक्राउ

गाैमुल खबर गाैमुल खबर
बुधबार, फागुन २१, २०८१
चोरी मुद्दामा फरार बाजुराका एक जना पक्राउ

बाजुरा : चोरी मुद्दामा फरार बाजुराका एक जना कैलालीबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको त्रिवेणी नगरपालिका–२ छतारा सिम्लाका २३ वर्षीय तेजराज जैशी रहेका छन् ।  

जिल्ला अदालत बाजुराले मिति २०७८ मंसिर १३ गते गरेकोे फैसलाले चोरी मुद्दामा २ वर्ष ११ महिना १ दिन कैद सजाय र ३० हजार जरिवाना तोकिएको थियो । 

फैसलापछि फरार भएका जैशीलाई इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले मंगलवार जानकी गाउँपालिका–१ दुर्गौलीबाट पक्राउ गरेको छ ।

प्रतिक्रिया