धनगढी ःप्रेस चौतारी नेपाल, सुदूरपश्चिम प्रदेशको अध्यक्षमा नरेन्द्रसिंह कार्की निर्विरोध चयन भएका छन् । धनगढीमा शुक्रवारदेखि सुरु भएको अधिवेशनबाट कार्की अध्यक्षमा निर्विरोध चयन भएका हुन् ।
कार्कीको नेतृत्वमा शनिबार दिउँसो नयाँ प्रदेश कार्यसमिति सर्वसम्मत भएको हो । उपाध्यक्षमा मीन ठकुरी र कल्पना बोहरा चयन भएका छन् । प्रदेश महासचिवमा भानुभक्त आर्चाय चयन भएका छन् ।
कोषाध्यक्षमा लक्ष्मणदत्त पन्त चयन भएका छन्। प्रदेश सचिवमा लोकेन्द्रबहादुर ओझा, अमरराज भटराई, दीपकराज जोशी, खेम ढुङ्गाना, मदन विक र गीता चौधरी चयन भएका छन् ।
नेकपा एमाले निकट पत्रकारहरूको संगठन प्रेस चौतारी, सुदूरपश्चिमका सदस्यहरु समेत सर्वसम्मतिमा चयन भएका छन् । प्रदेश सदस्यमा रमित वि.क.वीरेन्द्र भट्ट, शेरबहादुर विष्ट, सागर परियार, महेश कार्की, प्रेमसिंह विष्ट, मोहन प्रसाद जोशी, कृष्णप्रसाद ओझा चयन भएका छन् ।
यस्तै, उमेशसिंह धामी, सुनिता धामी, केशपुरा मल्ल, कृष्णप्रसाद जोशी, रेणुकालकुमारी परियार, भरत साउँद (आलोक), बहादुर साउँद, भूमिदत्त तिवारी, दीर्घ खत्री, सीता ठगुन्ना, दीपा भण्डारी, एकेन्द्र महता चयन भएका छन् । पार्वती ओड, धन बहादुर वि.क. र वेदप्रकाश ओली समेत सदस्यमा चयन भएका छन् ।
प्रतिक्रिया