बाजुरा : बाजुरामा भीरबाट लडेर एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको बुढीनन्दा नगरपालिका वडा नं.१ का ४० वर्षीया नृपराज रेग्मी रहेका छन् ।
गिरी बुधवार साथीहरुसँग गाउँ नजिकै माछा मार्न गएका र सोही ठाउँबाट वेपत्ता भएका थिए । उनी आज बिहान भीरबाट लडेर मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
मृतक रेग्मीको शव पोष्र्टमाटमका लागि कोल्टी अस्पतालमा राखिएको जिल्ला प्रहरी बाजुराका प्रहरी नायव निरीक्षक दिलीप कुमार गिरीले बताएका छन् । घटनाको प्रकृति हेर्दा भीरबाट लडेर मृत्यु भएको देखिएपनि आवश्यक अनुसन्धान थालिने उनले बताए ।
प्रतिक्रिया