बाजुरा : गौमुल गाउँपालिकामा विद्यालय दिवा खाजा घर निर्माण गरिने भएका छन् । सुरुवातिमा तत्काल गाउँपालिकाका ३ वटा विद्यालयमा खाजा घर निर्माण गरिने भएको हो ।
गुणस्तरीय खाजा घर निर्माणका लागि बुधबार गौमुल गाउँपालिका र आई.डि.एस नेपाल बिच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । त्रिपक्षीय छलफलमा तत्काल अतिवश्यक ३ विद्यालयका भान्सा कोठा निर्माण कार्य सुरुवात गर्ने र क्रःमस सबै विद्यालयका भान्सा कोठा निर्माणका लागि अभियानकै रुपमा अगाडी बढ्ने बताईएको छ ।
सुरुवाति चरणमा भान्सा कोठा वडा नं.६ को नवज्योति आधारभूत विद्यालय, वडा नं. ३ को थुमथला आधारभूत विद्यालय र वडा नं.१ को अम्लिस मावि गरी ३ वटा विद्यालयमा निर्माण हुने भएको छ ।
एक विद्यालयमा ७ लाख बराबरको गुणस्तरी तथा भूकम्परहित भान्सा कोठा बन्ने भएको छ । जसमा तीन वटै विद्यालयका लागि गाउँपालिकाको ११ लाख र बाकी सबै संस्थाको आर्थिक सहयोगमा निर्माण हुने बताईएको छ ।
गौमुल गाउँपालिका उपाध्यक्ष सीता थापाको अध्यक्षतामा भान्सा कोठा निर्माण सम्झौता समन्बीध बसेको छलफल सहीतको बैठकको प्रमुख अतिथिमा आई.डि.एस नेपालका कार्यकारी निर्देशक प्रकाश कोईराला रहेका थिए ।
बैठकमा प्रमुख प्रशासकीय अधिकृत जगदिश प्रसाद भट्ट, वडा नं.५ का वडाध्यक्ष कलक सिंह, ६ का वडाध्यक्ष प्रकाश रोकाया, ३ का वडाध्यक्ष गोरख बहादुर बोहरा, आई.डि.एस नेपालका कार्यक्रम व्यवस्थापक अभिशेक पाण्डे, इन्जिनियर गणेश भण्डारी, जिल्ल कार्यक्रमका सुरेन्द्र जैरु, ३ वटै विद्यालयका प्रअ, विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुको उपस्थिति रहेको थियो ।
गाउँपालिका र संस्थाले सहकार्यमा निर्माण गरिने खाजा घरको निर्माण स्टमेट समेत तयारी पारिसकेको छ । सबै विद्यालयमा एकै साथ निर्माण गर्ने लक्ष्य भएपनि एकै चोटी स्रोत साधन नपुग्ने हुँदा अभियानका रुपमा क्रःमस निर्माण गरिने छ ।
छलफलमा आई.डि.एस नेपालका कार्यकारी निर्देशक प्रकाश कोईरालले पारदर्शिता र गुणस्तरीय संरचनासहित सुविधायुक्त भान्सा कोठा निर्माण गर्नुपर्ने बताएका छन् । साँझेदारीमा पालिकाका २६ वटै विद्यालयमा भान्सा कोठा निर्माण गर्न आफूहरु तयारी रहेको बताउँदै दुई वर्षभित्र सबै निर्माण गरिसक्ने गरी योजना तयार पार्न आग्रह गरेका छन् ।
सबै विद्ययालयमा निर्माणका लागि पालिकाले स्थानीय सामाग्री जुटाउन सके गैरस्थानीय सामाग्री संस्थाले जतिबेला पनि उपल्बध गराउँने उनले बताए । भान्सा कोठा निर्माणका लागि सबै पक्षले सक्रिय हुँदै नमुना काम गर्न कोईरालाले आग्रह गरेका छन् ।
गाउँपालिका उपाध्यक्ष सीता थापाले सुरुवातिमा तत्काल आवश्यक भएका विद्यालयलाई पहिलो प्राथमिकता राखेर निर्माण गर्ने प्रक्रिया अगाडी बढाएको बताएकी छन् । सबै विद्यालयमा एकै पटक निर्माण गर्न सक्ने पालिकासंग स्रोत साधन नभएका कारण वर्षेनी बढाएर निर्माण गर्दै जाने बताईन् ।
भान्सा कोठा गुणस्तरीय, वातावरणमैत्री तथा सुविधायुक्त बनाउने लक्ष्यसहित बजेट बढी चाहिने र एकै चोटी सबै बनाउन पालिकाको स्रोत साधनले नभ्याइने हुँदा क्रःमस निर्माण गरिने उनले बताएकी छन् । पालिकासंग साँझेदारी गरी विकास निर्माणमा थप इट्टा थप्नकोप्रति आई.डि.एस नेपाललाई धन्यवाद दिँदै आगामीक दिनमा समेत संस्थासंग सहकार्य, सहजीकरण र समन्वय गर्न गाउँपालिका तयार रहेको थापाले बताईन् ।
गाउँपालिकाको सभाहलमा सञ्चालन भएको बैठकमा गौमुल गाउँपालिका, आई.डि.एस नेपाल र ३ वटै विद्यालय व्यवस्था समितिका अध्यक्ष बिच विद्यालय भान्सा कोठा निर्माण सम्बन्धी त्रिपक्षीय सम्झौता भएको थियो ।
प्रतिक्रिया