गाैमुल खबर डटकम बुधबार २८, फागुन २०८१ ०५:०१

१५ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड बाजुरामा सुरु

बाजुरा
गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, फागुन १३, २०८१
१५ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड बाजुरामा सुरु

बाजुरा ः जिल्ला स्तरीय १५ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगीता सोमबारबाट सुरु भएको छ । जिल्ला खेलकुद समिति आयोजना र बुढीगंगा नगरपालिकाको सह-आयोजनामा उक्त प्रतियोगीता आयोजना गरिएको छ ।

प्रतियोगीताको एक औपचारिक कार्यक्रमका साथ सुदूरपश्चिम प्रदेशका निवर्तमान परदेश प्रमुख देवराज जोशीले उद्घाटन गरेका छन् । तीन दिनसम्म सञ्चालन हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी स्थानीय तहका खेलाडीहरुलाई प्रतिष्पर्धा गराईने भएको छ ।

प्रतियोगीतामा लङजम्प, हाईजम्प, ट्रिपल जम्प, १ सय मिटर, २ सय मिटर, चार सय रिले, ८ सय मिटर, १५ सय र ३ हजार मिटर दौड, भलिबल छात्रछात्रा, कबड्डी लगायतका खेल सञ्चालन हुने जिल्ला खेलकुद विकास समिति बाजुराका अध्यक्ष राकेश थापाले जानकारी दिएका छन् ।

प्रतियोगीता बुढीगंगा नगरपालिकाको भानोदय माद्यामिक विद्यालयको खेल मैदानमा सञ्चालन भएको छ । प्रतियोगितामा जिल्लाका ९ वटै स्थानीय तहका खेलाडीहरु सहभागी भएका छन् । जिल्ला खेलकुद समितिका अध्यक्ष राकेश थापाको अध्यक्षतमा सञ्चालन भएको कार्यक्रममा सुदूरपश्चिम प्रदेशका निवर्तमान प्रदेश प्रमुख देवराज जोशी प्रमुख अतिथि रहेका छन् ।

कार्यक्रममा पूर्व उद्योगमन्त्री तथा नेकपा (एमाले) स्थायी कमिटी सदस्य कर्णबहादुर थापा, निवर्तमान प्रतिनिधी सभाका सदस्य लालबहादुर थापा, संविधान सभाका पूर्व सदस्य बसुन्धरा रोकाया, पेम्बा गुरुङ (भोटे) विशिष्ट अतिथी रहेका थिए ।

यस्तै जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकाया,९ वटै स्थानीय तहका प्रमुख उप–प्रमुख, अध्यक्ष उपाध्यक्ष, प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याय, नेकपा एमाले केन्द्रीय सदस्य सहदेव बोगटी, जिल्लास्थित विभिन्न राजनीतिक दलका  प्रमुख,नेपाल पत्रकार महासंघ बाजुराका अध्यक्ष सहित पत्रकारहरु, सहित सुरक्षा निकायका प्रमुख लगायतको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया