गाैमुल खबर डटकम सोमबार १७, चैत २०८१ ०१:४०

दक्ष जनशक्ति उत्पादन गर्न गौमुलमा सडक मर्मत तथा डकर्मी तालिम

गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, फागुन १३, २०८१
दक्ष जनशक्ति उत्पादन गर्न गौमुलमा सडक मर्मत तथा डकर्मी तालिम

बाजुरा : गौमुल गाउँपालिकामा सडक मर्मत तथा डकर्मी तालिम सञ्चालन गरिएको छ । संरचना निर्माणका लागि दक्ष जनशक्ति उत्पादन गर्न युवा रोजगारी लागि रुपान्तरण पहल परियोजना अन्र्तगत तालिम सञ्चालन गरिएको हो ।

गौमुल गाउँपालिका रोजगार सेवा केन्द्रको आयोजना तथा कार्यस्थलमा आधारित तथा जीवन उपयोगि सीप विकास अन्र्तगत ५० दिने सडक मर्मत तथा डकर्मी तालिम सञ्चालन गरिएको गाउँपालिका रोजगार शाखा संयोजनक सिर्जना (विष्ट) रोकायाले बताएकी छन् ।

प्रधानमन्त्री रोजगार कार्यक्रममा छनोट भएका लाभग्राहीको रोजगार योग्यता र क्षमता अभिवृद्धि गर्न चालिस दिनसम्मको कार्यस्थलमा आधारित सीप विकास र १० दिनसम्म जीवन उपयोगि सीप विकास गरी कूल पचास दिने तालिम सञ्चालन गरिएको उनले बताएकी छन् ।

तालिममा कार्यस्थलमा खटिने गाउँपालिका भरीका ४० जना सहभागि भएका छन् । भने जसमध्ये २० जनालाई सडक मर्मत र २० जनालाई डकर्मी सम्बन्धी तालिम प्रदान गरिने भएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत निर्माण हुने विकासे योजनाहरुलाई गुणस्तरीय र दिगोपनाका लागि तालिम सञ्चालन गरिएको हो ।

प्रयोगात्मक सहीतको तालिम प्रादान गरिने छ । भने तालिम सकिए लगत्तै कार्यस्थलमा खटाईने भएको छ । काममा खटिनु पूर्व अभिमुखिकरणका साथै कार्यस्थलमा सुरक्षाका लागि चाहिने सामाग्री समेत वितरण गरिएको छ । तालिमको प्रशिक्षण हलेसि इन्जिनियरिङ्गका दिल बहादुर थापा भोटे, भोज बहादुर नेपाली रहेका छन् । तालिम साेमबारदेखि गौमुल गाउँपालिकाको सभाहलमा सञ्चालन गरिएको छ ।

गौमुल गाउँपालिका कार्यवाहक अध्यक्ष प्रकाश रोकायाको अध्यक्षतामा सञ्चालन भएको तालिम उद्घाटन कार्यक्रमको प्रमुख अतिथिमा वडा नं.५ का वडाध्यक्ष कलक सिंह रहनुभएको थियो । कार्यक्रममा बोल्दै सिंहले क्षमता विकाससंगै स्वरोजगार बनाउने लक्ष्यसहित तालिम सञ्चालन गरिएकाले सीप सिकेर दक्ष बन्न आग्रह गरेका छन् ।

उनले दक्ष जशक्ति नहुँदा गुणस्तरी काम हुन नसकेको भन्दै अब उक्त तालिमले दक्ष जशक्ति उत्पादन हुनेमा विश्वक्त रहेको बताए । त्यस्तै कार्यक्रममा गाउँपालिका कार्यवाहक अध्यक्ष एवं वडा नं. ६ का वडाध्यक्ष समेत रहेका प्रकाश रोकायाले तालिममको भरपुर सदुपयोग गर्न अनुरोध गरेका छन् ।

तालिम लिने तर कार्यान्वयन नगर्ने प्रवृत्ति धेरै रहेकाले यो तालिम लिएका सेवाग्राहीहरुको कार्यस्थलको कामको मुल्याङ्कन गरिने बताएका छन् । तालिमको उद्घाटन कार्यक्रममा वडा नं.३ का वडाध्यक्ष गोरख बहादुर बोहरा, वडा नं.४ का वडाध्यक्ष अमर विक गाउँपालिका प्रमुख प्रशाकीय अधिकृत जगदिश प्रसाद भट्ट, इन्जिनियर धर्म बहादुर खडायत लगायतको उपस्थित रहेको थियो ।

प्रतिक्रिया