गाैमुल खबर डटकम शुक्रबार ३०, फागुन २०८१ ०३:०८

बडीमालिका-८ मा शहरी स्वास्थ्य केन्द्र, नगर प्रमुख खड्काले गरे उद्घाटन

बाजुरा
गाैमुल खबर गाैमुल खबर
आइतबार, फागुन ११, २०८१
बडीमालिका-८ मा शहरी स्वास्थ्य केन्द्र, नगर प्रमुख खड्काले गरे उद्घाटन

बाजुरा ः बाजुराको बडीमालिका नगरपालिका-८ को रापकमा शहरी स्वास्थ्य केन्द्र स्थापना गरी सञ्चालनमा आएको छ । स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका नागरिकहरुको स्वास्थ्य संवेदनशीलतालाई मध्येनजर गर्दै नगरपालिकाले वडा नम्वर ८ को रापकमा शहरी स्वास्थ्य केन्द्र स्थापना गरेर सञ्चालनमा ल्याएको हो ।

वडा नम्वर ८ को रापक बस्तीका नागरिकहरुलाई घर आँगनमै स्वास्थ्य सेवाको पहुँचमा ल्याउनका लागि नगरपालिकाको सहयोगमा शहरी स्वास्थ्य केन्द्रको स्थापना गरी संचालनमा ल्याएको वडा नम्वर ८ का वडा अध्यक्ष चन्द्रबहादुर थापाले बताएका छन् । शहरी स्वास्थ्य केन्द्रको आइतबार एक कार्यक्रमका विच बडीमालिका नगरपालिकाका नगरप्रमुख अमरबहादुर खड्काले रिवन काटेर उद्धघाटन् गरेका छन् ।

स्थानीय तहको निर्वाचनपछि सेवा क्षेत्र भित्रका हरेक वडाका नागरिकलाईसहज, सरल र सुलभ तरिकाल गाउँ घरमैे स्वास्थ्य सेवा पाउन भन्ने उद्देश्यले शहरी स्वास्थ्य केन्द्र स्थापना संगै सेवा विस्तार गरेको बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्काले बताएका छन् ।

त्यस्तै शहरी स्वास्थ्य केन्द्र उद्धघाटन् कार्यक्रम मन्तव्य राख्दै नगर उपप्रमुख नन्दा कुमारी थापाले शहरी स्वास्थ्य केन्द्र संचालनमा आएसंगै रापक बस्तीका नागरिकहरुलाई आधारभुत स्वास्थ्य सेवा लिन सजिलो भएको बताईन् ।

नागरिकलाई सहज रुपमा स्वास्थ्य सेवा दिन सवैको पायक पर्ने ठाउँमा शहरी स्वास्थ्य केन्द्र स्थापना गरि संचालनमा ल्याएको बडीमलिका नगरपालिका ८ का वडा अध्यक्ष चन्द्रबहादुर थापाले बताएका छन् । उनले स्थापना गरि संचालनमा आएको शहरी स्वास्थ्य केन्द्रबाट आधारभुत सेवा लिन स्थानीयलाई आग्रह गरेका समेत गरेका छन् ।

रापक शहरी स्वास्थ्य केन्द्रमा अहेव दुर्गा थापा र अनमी राजु बुढाले नागरिकहरुलाई सेवा दिने भएका छन् । स्थानीय सरकार सेवा क्षेत्रभित्रका हरेक नागरिकहरुलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउन निरन्तर लागिरहेको छ । यस अघि सो क्षेत्रका नागरिकहरु सामान्य आधारभुत सेवा लिनका लागि समेत एक डेढ घण्टाको दुरीमा रहेको जिल्ला अस्पताल बाजुरामा आएर सेवा लिने गरेका थिए ।

रापकमा शहरी स्वास्थ्य केन्द्र स्थापना गरेर संचालनमा आएपछि नगरपालिकाको केन्द्रदेखि टाढा रहेका वडा २ को घागर ६ को जडागां, विरेखोला, वडा नम्वर ८ को रापक र ९ नम्वर वडाका नागरिकले सो शहरी केन्द्रबाट आधारभुत स्वास्थ्य सेवा लिने भएका छन् । लामो समयपछि घर आँगनमै स्वास्थ्य केन्द्र स्थापना गरी संचालनमा आएपछि स्थानीय नागरिकहरु खुसी भएका छन् ।

वडा नम्वर ८ का वडा अध्यक्ष चन्द्रबहादुर थापाको अध्यक्षतामा उद्धघाटन् गरिएको कार्यक्रमको प्रमुख अतिथि अमरबहादुर खड्का रहेका थिए । त्यस्तै विशिष्ट अतिथि बडमालिका नगरपालिकाकी उपप्रमुख नन्दा कमारी थापा रहेकी थिईन् ।

कार्यक्रममा वडा नम्वरका २ का वडा अध्यक्ष डम्बरबहादुर महत, ७ का वडा अध्यक्ष धर्मराज पाध्याय, वडा सचिव गोरखबहादुर रावल, प्रेस चौतारी बाजुराका अध्यक्ष लक्ष्मीराज पाध्याय लगायत स्थानीयहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया