ललितपूर ः ललितपूरको काठ क्षेत्रका महिलाको नेतृत्व र सीप विकास कार्यक्रममा सहकारीले अगुवाई लिन थालेको छ । केही सहकारीका कारण सहकारी क्षेत्रकै बदनाम भएको बेलामा सहकारीले महिलाको नेतृत्व र सीप विकास कार्यक्रम सुरु गरेको ललितपुरको महालक्ष्मी नगरपालिका-९ मा रहेको ब्रम्हपुरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रामशरण घिमिरेले बताउनुुभयो ।
सहकारी अभियान्ता समेत रहेका घिमिरेले यस्ता कार्यक्रम अन्य सहकारी मार्फत पनि गरेर काठ क्षेत्रका महिलाहरुको नेतृत्व विकास गर्नुपर्ने बताउनुभयो । आज भएको कार्यक्रम सञ्चालन सीप विकास एवं नेतृत्व विकास कार्यक्रममा ललितपूरको लामाटार क्षेत्रका ४० भन्दा बढि महिलाको सहभागिता रहेको थियो ।
महिलाहरुको क्षमता र नेतृत्व बिकासको कार्यक्रमहरु सहकारीले नियमितरुपमा गर्दै जाने सहकारीकर्मी राजेन्द्र घिमिरेले जानकारी दिनुभयो । कार्यक्रममा सहभागिहरुलाई सीआईएनका प्रमुख दीपक आचार्यले प्रशिक्षण दिनुका साथै प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
आचार्यले केही सहकारीले गरेको गलत कामका कारण सहकारी क्षेत्र पुरै बद्नाम भएकाले समुदायको आवस्यकता अनुसार यस्ता क्षमता विकासका कार्यक्रम गर्नु पर्ने बताउनु भयो । सहभागि महिलाहरुले यस्ता क्षमता विकास कार्यक्रमले आफूहरुलाई सामाजिक तथा राजनीतिक कार्यमा अगुवाई लिन सघाउने बताए ।
प्रतिक्रिया