बाजुरा ः तेस्रो संस्करणको केपी ओली फुटबल कपका लागि जिल्ला सदरमुकाम मार्तडीमा राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुबीच मैत्रीपूर्ण खेल आयोजना गरिएको छ ।
यहीँ फागुन ११ गतेदेखि १९ गतेसम्म राजधानी काठमाण्डौंमा हुने फुटबल प्रतियोगीताको प्रचारप्रसारका लागि खेलको आयोजना गरिएको युवा संघ नेपाल बाजुराका प्रचार विभाग प्रमुख करन भण्डारीले बताएका छन् ।
क्रिएटर जोन एकेडेमीको विद्यालयको खेलमैदानमा मैत्रीपूर्ण फु्टबल प्रतियोगीता सञ्चालन गरिएको थियो । मैत्रीपूर्ण खेलमा ६ गोल युवा संघ र ६ गोल अनेरास्ववियुले गरेको थियो । फाइनलमा प्यानाल्टी सुट आउटबाट मैत्रीपूर्ण खेलको समापन गरिएको थियो ।
प्रतिक्रिया