गाैमुल खबर डटकम शुक्रबार ३०, फागुन २०८१ ११:०९

वित्तीय जोखिम मूल्याङ्कनमा बडीमालिका र हिमाली पहिलो

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शनिबार, फागुन १०, २०८१
वित्तीय जोखिम मूल्याङ्कनमा बडीमालिका र हिमाली पहिलो

बाजुरा ः बाजुरा जिल्लाका स्थानीय तहहरुले स्थानीय तह वित्तीय जोखिम मूल्याङ्कनमा बडीमालिका नगरपालिका र हिमाली गाउँपालिका पहिलो स्थानमा रहेका छन । वित्तीय जोखिम मूल्याङ्कन एफआरएको ८०/०८१ को नतिजा अनुसार बडीमालिका नगरपालिका र हिमाली गाउँपालिका पहिलो स्थानमा रहेको पाइएको छ ।

स्थानीय तहको वित्तीय प्रणाली व्यवस्थित, पारदर्शी विधि सम्मत र प्रभावकारी बनाउन वित्त व्यवस्थापन जोखिमका सम्भावित क्षेत्रको पहिचान गरी लेखाजोखाको माध्यामबाट स्थानीय तहको वित्तीय व्यवस्थापन गर्न गरिएको मूल्याङ्कनमा बडीमालिका नगरपालिका र हिमाली गाउँपालिकाले समान अंक प्राप्त गर्दै पहिलो स्थानमा छन ।

दुबै पालिकाले ७९ दशमलव ५ अकं प्राप्त गरेका छन । स्थानीय तह वित्तीय मूल्याङ्कन प्रणलीमा अपलोड गरेका कागजातका आधारमा गरिने मूल्याङ्कनका आधार सुचाङ्क अनुसार ती दुबै स्थानिय तह माध्याम जोखिमको सूचीमा रहेका छन् । दोस्रो स्थानमा बुढीगंगा नगरपालिका रहेको छ बुढीगंगा नगरपालिकाले ७६ अकं प्राप्त गरेको छ ।

त्यसै गरी स्वामीकार्तिक खापर गाउँपालिकाले ७५ दशमलव ५ अकं, जगन्नाथ गाउँपालिका ७५, त्रिवेणी नगरपालिकाले ७३ दशमलव ५ अकं, खप्तड छेडेदह गाउँपालिकाले ६९ दशमलव ५ अक, गौमुल गाउँपालिकाले ६१ दशमलव ५ र बुढिनन्दा नगरपालिकाले ५८ अकं ल्याएका छन ।

जोखिम लेखाजोखाको वर्गीकरण अनुसार बाजुरा जिल्लाका सबै स्थानीय तह मध्यम जोखिमको सूचीमा रहेका छन । सूचक अनुसार शुन्य देखि ४० सम्म अकं प्राप्त गरेको अवस्थामा उच्च जोखिम, ४१ देखि ८० सम्म अकं ल्याउने मध्यम जोखिम र ८० भन्दा माथि अकं ल्याउने न्यून जोखिम हुने गरेको छ ।

प्रतिक्रिया