गाैमुल खबर डटकम शुक्रबार ३०, फागुन २०८१ ०३:२१

खाद्य संस्थानको बद्मासी ः फागुनमै चैत महिनाको मिति राखेको खाद्यान्न विक्री

सिसाका टुक्रा समेत फेला
बाजुरा
गाैमुल खबर गाैमुल खबर
शुक्रबार, फागुन ०९, २०८१
खाद्य संस्थानको बद्मासी ः फागुनमै चैत महिनाको मिति राखेको खाद्यान्न विक्री

बाजुरा ः बाजुरामा फागुन महिनामै चैत महिनाको चामलको बोरामा मिति उल्लेख गरेर विक्री गरेको तथ्य फेला परेको छ । चामलको बोरामा प्याकिङ्ग डेट, चैत महिना राखिएको विक्री गरिएको छ ।

चैत महिना आउन अझै २१ दिन बढी बाँकी रहेको बेला खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले धमाधम विक्री गरेको पाईएको छ ।

आज मात्र फागुन महिनाको ०९ गते भयो । तर चामलको बोराभित्र राखिएको डेट कार्डमा भने ०८१ चैत २५ गते लेखिएको भेटिएको छ । बुढीगंगा नगरपालिका घर भएकी हाल मार्तडीमा बस्दै आएकी बाजुरा क्याम्पसमा अध्ययनरत विद्यार्थी रेखा नेपालीले खाद्यान्नबाट किनेर २५ केजीको चामलको बोरामा यस्तो राखेको भेटिएको हो ।

उनले खाद्यान्न्बाट माघ महिनाको अन्तिम हप्तामा किनेर ल्याएको रोतो बोरामा प्याकिङ गरिएको अरुवा मोटा चामलको डेट चैत्र महिनाको लेखिएको छ । मिति उल्लेख गरिएको माथि भागमा एफ.एम.टी.सी.एल लेखिएको छ । भने मिलको नाम जय गुरु राईस दमक झापा रहेको छ ।

उनले भनिन्, ‘प्याकिङ्ग डेट ०८१ चैत २५ गते लेखिएको भेटेपछि यो चामल खाने की नखाने भनेर सोचे, एक चोटी खाद्यान्न्मै फिर्ता गर्न सोच बनाएको भएपनि प्रयोग गरेको बताएकी छन् ।

चामलमा सिसाका टुक्रा, भुस, गहुँका स–साना डाँठ जस्ता थुप्रै फोहोर वस्तुहरु र धुलो तथा टुक्रा समेत चामल भेटिने गरेको स्थानीय उपभोक्ताहरुको गुनासो रहेको छ ।

यता खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा, बाजुराका प्रमुख उमेश भण्डारीले चामलको मितिको ख्याल नगरेको स्वीकार गरेका छन् ।

चामलमा उल्लेख गरिएको मितिको विषयमा प्रादेशिक कार्यालयको लापरबाही वा कम्पनीको त्रुटी हुन सक्ने बताएका छन् । यसमा विषयमा प्रादेशिक कार्यालयमा बुझने बताएका छन् । 
 

प्रतिक्रिया