बाजुरा : गौमुल गाउँपालिकामा कर्मचारी स्तरीय भलिबल प्रतियोगिता सम्पन्न भएको छ । ७५ औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारी मंगलबारदेखि सञ्चालन गरिएको महिला, पुरुष भलिबल प्रतियोगिता आज सम्पन्न भएको हो ।
पालिकामा कार्यरत्त सम्पूर्ण कर्मचारीहरुले छुट्टा छुट्टै फाटका टिम बनाएर प्रतियोगितामा सहभागि भएका थिए । खेल क्षेत्रको विकासका लागि कर्मचारीबीच महिला, पुरुष भलिबल प्रतियोगिता सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत जगदिश प्रसाद भट्टले बताएका छन् ।
मनोरञ्जनसहित खेलतर्फ आकर्षण गराउँने र कर्मचारीबीच आपसी सद्भाव कायम राख्ने उद्देश्यसहित भलिबल प्रतियोगिताको आयोजना गरिएको भट्टले बताए । प्रतियोगितामा महिला, पुरुष गरी ९ वटा टिमको सहभागिता रहेको थियो ।
प्रतियोगिताको प्रतिस्पर्धामा पुरुष तर्फ प्राविविधिक शाखा प्रथम भएको छ । भने द्धितीय स्वास्थ्य शाखा, तृतीय प्रशासन शाखा र चौथो शिक्षा शाखाको टिम भएको गौमुल गाउँपालिका प्रशासन शाखा सहायक गगन धामी बताएका छन् ।
त्यस्तै महिला तर्फ प्रतिभा रोकायाको टिम प्रथम भएको छ । भने द्धितीय लक्ष्मी बोहराको टिम भएको उनले बताए । गाउँपालिकाको केन्द्र घट्मुनास्थित खेलमैदानमा प्रतियोगिता सञ्चालन गरिएको थियो ।
प्रतिक्रिया