गाैमुल खबर डटकम बुधबार १९, चैत २०८१ ०४:३७

सवारी दुर्घटनामा परी ६ महिनामा १ हजार बढीको मृत्यु

काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
सोमबार, फागुन ०५, २०८१
सवारी दुर्घटनामा परी ६ महिनामा १ हजार बढीको मृत्यु

काठमाडौं : चालु आर्थिक वर्षको पहिलो ६ महिनाको अवधिमा देशभर ११ हजार ३३८ सवारी दुर्घटना भएको पाइएको छ। साउनदेखि पुससम्म भएका सवारी दुर्घटनामा परी १ हजार २३३ जनाले ज्यान गुमाएका छन्।

 गृहमन्त्रालयले सोमबार पत्रकार सम्मेलन गरी सडक दुर्घटनाको राष्ट्रिय अवस्था र प्रवृत्तिबारे जानकारी गराएको हो। गृहमन्त्रालयका अनुसार गत वर्षको छ महिनाको तुलनामा यस वर्षको ६ महिनामा सडक दुर्घटना संख्या घटेको तर, मृत्यु संख्या भने बढेको छ।

गत वर्ष साउनदेखि पुससम्म १२ हजार ८५६ वटा सवारी दुर्घटना भएको थियो। जसमा १२ सय ३३ जनाले ज्यान गुमाएका थिए। यस वर्ष साउनमा १६२८ वटा सवारी दुर्घटना भएका छन्। जसमा १५२ जनाको मृत्यु भएको छ।

भदौमा १६ सय १९ सवारी दुर्घटना भएकोमा १७४ जनाले ज्यान गुमाएका छन्। यसैगरी असोजमा १८ सय ७३ सवारी दुर्घटना भएका छन्। त्यसमा २०० सय जनाले मृत्युवरण गरेका छन्।

कात्तिकमा १९ सय २८,मंसिरमा २ हजार १४  र पुसमा २२ सय ७६ वटा सवारी दुर्घटना भएका छन्। सवारी दुर्घटनामा परी कात्तिकमा २५८ जना,मंसिरमा २५२ जना र पुसमा १९७ जनाको मृत्यु भएको गृहको तथ्यांकमा उल्लेख छ।

प्रतिक्रिया