गाैमुल खबर डटकम बुधबार १९, चैत २०८१ ०४:१२

कुम्भ मेलाबाट फर्किँदै गरेको गाडी दुर्घटना, श्रीमान-श्रीमती सहित रुपन्देहीका तीन जनाको मृत्यु

काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
सोमबार, फागुन ०५, २०८१
कुम्भ मेलाबाट फर्किँदै गरेको गाडी दुर्घटना, श्रीमान-श्रीमती सहित रुपन्देहीका तीन जनाको मृत्यु

रुपन्देही : भारतको कुम्भमेला गएका रुपन्देहीका तीनजनाको सवारी दुर्घटनामा परी मृत्यु भएको छ। दुर्घटनामा चारजना घाइते भएका छन्। कुम्भमेलामा स्नान गरी फर्किँदै गरेका उनीहरूको सवारी दुर्घटनामा परी मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा रुपन्देहीको देवदह नगरपालिका-९ का  गंगा शर्मा,गणेश खनाल र दिपा खनाल रहेको रुपन्देहीका एसपी रंजितसिंह राठौरले जानकारी दिएका छन्। एसपी राठौरका अनुसार मृत्यु हुने गणेश र दिपा श्रीमान-श्रीमती हुन्।

घाइतेहरूको आजमगढस्थित स्थानीय अस्पतालमा उपचारपछि थप उपचारका लागि महाराजगञ्ज जिल्ला अस्पतालमा रेफर गरिएको प्रहरीले जनाएको छ । कुम्भमेलाबाट फर्किँदै गर्दा भारतको आजमगढमा गाडी दुर्घटनामा परेको हो।

प्रतिक्रिया