गाैमुल खबर डटकम बुधबार १९, चैत २०८१ ०४:२३

प्रहरी र नागरिक बीचको सम्बन्ध सान्नीध्य हुन जरुरी ः समन्वय प्रमुख रोकाया

प्रहरीद्धारा श्रमदानबाटै पुस्तकालय भवन निर्माण
बाजुरा
गाैमुल खबर गाैमुल खबर
शुक्रबार, फागुन ०२, २०८१
प्रहरी र नागरिक बीचको सम्बन्ध सान्नीध्य हुन जरुरी ः समन्वय प्रमुख रोकाया

बाजुरा ःजिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकायाले प्रहरी र नागरिक बीचको सम्बन्ध सान्नीध्य हुन् जरुरी रहेको बताएका छन् । जिल्ला प्रहरी कार्यालय बाजुरा परिसरमा निर्माण गरिएको बसिवियालो पुस्तकालय भवनको उद्घाटन कार्यक्रममा बोल्दैं यस्तो बताएका हुन् ।

प्रहरी र नागरिकबीच सुमधुर सम्बन्ध स्थापितका साथ कुनै पनि डर, त्रास र भय नभई एक आपसमा सन्नीकट हुनुपर्नेमा जोड दिएका छन् । कुनै पनि सरकारी संरचनाको प्रशासक ठीक भएमा सेवा प्रवाह र अन्य समग्र अवस्थामा राम्रो हुनेमा बताउदैं पुस्तकालय स्थापनाले धेरैको ज्ञान अभिवृद्धी हुने विश्वास गरेका छन् ।

प्रविधिको जमाना अनुसार हामीले संगै हिड्नुपर्ने बेला आएको उल्लेख गर्दै युग र हामी फरक बाटोमा हिड्न नहुने बताएका छन् । समाजका लागि निस्वार्थ भावले निर्माण गरिएको पुस्तकालय स्थापनाका लागि सहयोग गर्ने सम्बन्धीत सबैलाई धन्यवाद दिएका छन् ।

जिल्ला प्रहरी प्रमुखले समाजका लागि ठुलो योगदान गरेको आभाष भएकोले पुस्तकालयको थप व्यवस्थापनका लागि सबै पक्षले सहयोग गर्न जरुरी रहेको बताएका छन् । कार्यक्रममा प्रहरी नायब उपरीक्षक दीलिप कुमार गिरीले केही स्थानीय तहको आर्थिक सहयोगमा श्रमदानबाट भवन निर्माण गरिएको बताएका छन् ।

सबैको सहयोगबाट आफु आएपछि प्रहरी परिसरको सडक बाटो निर्माण, पुस्तकालयको स्थापना लगायका काम गरिएको बताएका छन् । स्मृतिका लागि केही न केही गर्नुपर्ने आफ्नो उद्देश्य रहेकोले समाजका लागि छाप छोड्न जरुरी रहेको बताएका छन् ।

गिरीकै अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकाया, त्रिवेणी नगरपालिकाका प्रमुख कर्ण थापा, खप्तड छेडेदह गाउँपालिकाका प्रमुख दीलबहादुर रावत लगायतको सहभागीता रहेको थियो ।

सोही कार्यक्रममा सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक श्याम रावत, बडीमालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदम माझी, पत्रकार महासंघ जिल्ला शाखा, बाजुराका उपाध्यक्ष रमित विक लगायत पत्रकारहरुको सहभागीता रहेको थियो । 

प्रहरीद्धारा श्रमदानबाटै पुस्तकालय भवन निर्माण 

जिल्ला प्रहरी कार्यालय बाजुरा परिसरमा पुस्तकालयको भवन निर्माण गरिएको छ । प्रहरी परिसरमा जिल्लाका नागरिकले दैनिक रुपमा पुस्तकालयमा आएर अध्ययन गर्ने गरी विभिन्न लेखकका पुस्तक सहित राख्ने गरी भवन निर्माण गरेको हो ।

प्रहरी नायव उपरिक्षक दीलिप कुमार गिरीको नेतृत्वमा बसिवियालो नामक पुस्तकालय निर्माण गरिएको हो । प्रहरी प्रमुख गिरीको अगुवाईमा  भवन निर्माण गरिएको छ । गिरीको व्यक्तिगत लगानी चार लाख र अन्य प्रहरी निरिक्षक हुदै जवानहरुको श्रमदानमा करिव एक करोड बढीको लगानीमा भवन निर्माण गरिएको प्रहरी बताइएको छ ।

प्रहरीले निर्माण गरेको पुस्तकालयमा चिया ,कफी, मनोरञ्जनका लागि टेलिभिजन लगायतका  दृश्यहरु राखिने गिरीले बताएका छन् । अनावश्यक रुपमा नागरिकहरु हिडडुल गर्ने र फुर्सदमा रहेका नागरिकले दिनभर आफुले चाहेका पुस्तक पढ्न पाउने र घरमा लिएर पनि पुस्तक लिएर पढ्ने गरी पुस्तकालय व्यवस्थापन गर्न लागिएको प्रहरी उपरिक्षक गिरीले बताए ।

पुस्तकालयको भवन निर्माणपछि पुस्तकहरुको व्यवस्थापन गरेर सबैले सहज रुपमा पुस्तकको पढ्न अवसर पाउने भएका छन् । प्रहरी कार्यालय परिसरमै पुस्तकालय सञ्चालनमा आएपछि फुर्सदमा भएका हरेक नागरिकले पुस्तकालयमा गएर अध्ययन गर्न पाउने छन् । प्रहरी नायब उपरिक्षक गिरीले प्रहरी कार्यालयमा स्थापना गरिएको पुस्तकालयमा  पाठ्यपुस्तक सहयोग गर्न सबैलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया