गाैमुल खबर डटकम शुक्रबार ३०, फागुन २०८१ ११:२४

९ स्थानीय तहमा कार्य सम्पादनमा त्रिवेणी नगरपालिका प्रथम

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शुक्रबार, फागुन ०२, २०८१
९ स्थानीय तहमा कार्य सम्पादनमा त्रिवेणी नगरपालिका प्रथम

बाजुरा ः बाजुराका ९ वटा स्थानीय तहहरूमा कार्यसम्पादन मूल्याङ्कनमा त्रिवेणी नगरपालिका पहिलो भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कनमा त्रिवेणी नगरपालिका पहिलो भएको हो ।

जिल्लाका ९ स्थानीय तहमा आर्थिक वर्ष ०८०-०८१ को मूल्याङ्कन गर्दा त्रिवेणी नगरपालिकाले ६४ दशमलव ५ अङ्क प्राप्त गर्दै पहिलो नम्बरमा परेको छ ।

त्यस्तै जगन्नाथ गाउँपालिका ६१ दशमलव ६ अङ्क सहित दोस्रो, बुढीगंगा नगरपालिका ६१ दशमलव २ अङ्क सहित तेस्रो स्थानमा रहेको छ । यसैगरी हिमाली गाउँपालिका ५९ दशमलव ८ अङ्क सहित चौथो स्थानमा रहेको छ ।

पाँचौँ स्थानमा रहेको गौमुल गाउँपालिका ५७ दशमलव ९ अङ्क छ । छैटौँ स्थानमा ५३ दशमलव ६ अङ्क सहित स्वामीकार्तिक खापर गाउँपालिका रहेको छ ।

बुढीनन्दा नगरपालिका ४९ दशमलव ५ अङ्क सहित सातौँ, बडीमालिका नगरपालिका ४६ दशमलव ९ अङ्क सहित आठौँ र  खप्तड छेडेदह गाउँपालिका ४५ दशमलव ४ अङ्क सहित सूचीको अन्तिम स्थानमा छ ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले माघ ३० गते कार्यसम्पादन मूल्याङ्कनको आधारमा प्रदेश सरकार र स्थानीय तहले प्राप्त गरेको अङ्क सम्बन्धी विवरण प्रकाशित गरेको थियो।

आयोगले प्राप्त अङ्कमा चित्त नबुझे ७ दिन भित्र आवश्यक आधार र प्रमाण सहित पुनरावलोकनका लागि उजुरी दिन समेत भनेको छ ।
 

प्रतिक्रिया