गाैमुल खबर डटकम सोमबार १७, चैत २०८१ ०३:५८

एमाले गौमुल गाउँ कमिटीको बैठक सकियो, जरा अभियानलाई प्रभावकारी बनाउने

गाैमुल खबर गाैमुल खबर
बुधबार, माघ ३०, २०८१
एमाले गौमुल गाउँ कमिटीको बैठक सकियो, जरा अभियानलाई प्रभावकारी बनाउने

बाजुरा : नेकपा एमाले गौमुल गाउँ कमिटीको बैठक सम्पन्न भएको छ । गाउँपालिकाको केन्द्र घट्मुनामा सञ्चालन भएको जरा अभियान केन्द्रीत बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको हो ।

नेकपा एमाले केन्द्रीय कमिटी सदस्य लाल बहादुर थापाको प्रमुख अतिथ्यतामा सञ्चालन भएको बैठकमा प्रदेश कमिटी, जिल्ला कमिटीका नेताहरुको उपस्थित रहेको थियो । बैठकमा टोल कमिटीका ईन्चार्ज तोकिएको छ । भने जरा अभियानको कार्यायोजना, पार्टी सदस्यता नवीकरण तथा सच्याउने र वडा कमिटीका कार्यालय स्थापनका गर्ने लगायतका निर्णय गरिएको छन् । 

बैठकमा ६ वटै वडाका २८ टोलका, टोल कमिटी ईन्चार्ज समेत तोकिएको छ ।  बैठकमा एमालेको ३ महिने जरा अभियानलाई प्रभावकारी बनाउँन प्रशिक्षण समेत गरिएको थियो । जिल्ला कमिटी सचिव काशी विक र विभागका प्रमुख अमर खड्काले जरा अभियानका बारेमा जानकारी गराएका थिए ।

पार्टीलाई अभियान मार्फत जनतासंगको अन्तर सम्बन्धलाई जोड्ने, पार्टी सदस्यता नवीकरण तथा विस्तार कार्यलाई प्रभावकारी बनाउँने, पार्टी र जनताबीचको अन्तरविरोधलाई पहिचान गरी समाधानका उपायहरु खोज गर्ने, पार्टीका नीति विचार कार्यक्रम र सरकारका कामको प्रचार गर्ने उद्देश्य जरा अभियानको रहेको सचिव विकले बताएका छन् । 

त्यस्तै अभियान मार्फत नेतृत्व रक्षाका लागि जनाधार निर्माण गर्ने, विभिन्न खालका भ्रमलाई चिर्दै अन्य दलमा लागेका जनतालाई पार्टी प्रवेश गराउने र पार्टी छोडेकाहरुलाई घर फर्किन अभियान चलाउँने उनले बताए । 

सेवाग्राही र जनप्रतिनिधीबीच प्रश्न उत्तर कार्यक्रम, प्रशिक्षण कार्यक्रम, कला संस्कृतिको जर्गेना र प्रवद्र्धन गर्न कमिटीले स्थानीय स्तरमा विभिन्न पर्वहरु मनाउने जरा अभियानमा समेटिएको छ ।

माघ १ गतेदेखि सञ्चालन भएको उक्त अभियान चैत्र मसान्त सम्म चल्ने भएको छ । सोही अवधिमा गर्ने गतिविधीहरु सार्वजनिक गरिएको हो । संगठन सुदृढिकरण, बामपन्थी जनताको सवल एकीकरण, नया मान्छेलाई प्रोत्साहनसहित नेतृत्वमा जोड्ने, युवालाई राजनीतिप्रति आकर्षण गराउने, डिजीटल तथा नया प्रविधिमा लैजाने लगायतका गतिविधीहरु जरा अभियानमा सञ्चालन गरिने नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष लाल बहादुर ओलीले बताएका छन् । 

विस्तारित बैठक, सदस्यता विस्तार तथा नवीकरण, कारोबार चुस्त, दुरुस्त राख्न खाता सञ्चालन, वडा सार्वजनिक सुनुवाई, काम गुणस्तरीय बनाउन पालिका स्तरीय सभादल निर्माण, तहगत प्रणालीको सुरुवात लगायतका विषयमा छलफल गरिएको उनले बताए ।

एमाले गौमुल गाउँ कमिटी अध्यक्ष मोहन रोकायाको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथिमा एमाले केन्द्रीय कमिटी सदस्य लाल बहादुर थापा रहनुभएको थियो । 

त्यस्तै विशिष्ट अतिथिमा एमाले केन्द्रीय लेखा आयोग सदस्य बसुन्धरा रोकाया रहनुभएको थियो । भने अतिथिमा प्रदेश कमिटी सदस्य कलक सिंह, जिल्ला कमिटी अध्यक्ष लाल बहादुर ओली, सचिव काशी विक, विभाग प्रमुख अमर खड्का, जिल्ला कमिटी सचिवालय सदस्य तुलसीराम रोकाया रहनुभएको थियो ।

जिल्ला कमिटी सदस्य गोरख बोहरा, धनलक्ष्मी जैशी, देबेन्द्र बहादुर रोकाया, अमर विक, देव बहादुर रोकाया, गिता रोकाया, राजिव रोकायासहित अतिथिमा रहनुभएको थियो ।

गाउँ कमिटी सचिव धन बहादुर बोहराले सञ्चालन गरेको कार्यक्रमको स्वागत मन्तव्य गाउँ कमिटी उपाध्यक्ष विरेन्द्र बोहराले राखेका थिए । जिल्ला कमिटी, गाउँ कमिटी, टोल कमिटीका पदाधिकारी तथा सदस्य  लगायत भातृ संगठनका नेताहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया