गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०६:३५
Dho

गौमुल गाउँपालिकाको केन्द्र घट्मुनाबाट सदरमुकाम मार्तडी जोड्ने सडक पुनः सुचारु

थप सडक अवरुद्ध हुने भएका कारण सचेत भएर हिडडुल गर्न अनुरोध
बाजुरा
रमित वि.क.
शुक्रबार, साउन १९, २०८०
गौमुल गाउँपालिकाको केन्द्र घट्मुनाबाट सदरमुकाम मार्तडी जोड्ने सडक पुनः सुचारु

बाजुरा ः गौमुल गाउँपालिकाको केन्द्र घट्मुनाबाट सदरमुकाम मार्तडी जोड्ने सडक पुनः सुचारु भएको छ । भारी वर्षाका कारण विभिन्न ठाउँमा पहिरो खसेर अवरुद्ध बनेको सडक गाउँपालिकाले मर्मत गरेपछि सडक खुलेको हो । 

करिव १४ किलोमिटर रहेको उक्त सडकका ठाउँठाउँमा पहिरो खसेपछि सडक पूर्ण रुपमा अवरुद्ध बनेको थियो ।  गाउँपालिकाको आफ्नै जेसीबी मार्फत आज सडक तल र माथिबाट आएको पहिरो पन्छ्याएर मर्मत गरी सडक सुचारु गरिएको गौमुल गाउँपालिकाका उपाध्यक्ष सीता थापाले बताईन् ।

 मार्तडी-गाैमुल सडक अवरुद्ध, आवतजावतमा समस्या

सडकखण्डको थलारा, मेलकाँध, भौनेरा लगायतका विभिन्न स्थानमा सडक तलमाथिबाट पहिरो बगेर पूर्ण रुपमा अवरुद्ध बनेको थियो । सडक बन्द हुदाँ दैनिक उपभोग्य सामाग्री ढुवानी गर्न समस्याका हुनुका साथै आउजाउमा समेत स्थानीयलाई समस्या भएको थियो । नियमित भारी वर्षा जारी रहेकोले थप सडक अवरुद्ध हुने भएका कारण सचेत भएर हिडडुल गर्न समेत गाउँपालिकाले अनुरोध गरेको छ । 

प्रतिक्रिया