गाैमुल खबर डटकम बिहीबार २९, फागुन २०८१ ११:०३

द भ्वाइस नेपालमा बाजुराका पविन्द्रको प्रवेश

बाजुरा
रमित वि.क.
आइतबार, माघ २७, २०८१
द भ्वाइस नेपालमा बाजुराका पविन्द्रको प्रवेश

बाजुरा ः नेपालको ठूलो फ्रेन्चाइच ’रियालिटी शो’ द भ्वाइस अफ नेपालमा बाजुराका पविन्द्र सुनारको प्रस्तुतीले सबैको मन जितेका छन् ।

विगत केही वर्षदेखि गायन क्षेत्रमा रहेका सुनारले चार जना मध्ये कोच खेम सञ्चुरीलाई आफ्नो प्रस्तुतिबाट प्रभावित गर्दै घुमाउन सफल भएका हुन् ।

टिम खेम सञ्चुरीले रोजेका सुनारले धेरै वटा गीतमा स्वर दिई सकेका छन् । बुढीनन्दा नगरपालिका-७ पाण्डुसैन स्थायी घर भएका सुनार सानैदेखि गायन क्षेत्रका सक्रिय रहेका थिए । कक्षा–४ मा पढ्दादेखि नै उनले गीत गाउन सुरु गरेका हुन् ।

गायन टेलिभिजन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को सिजन-६ प्रसारण यतिबेला भईरहेको छ । नयाँ सिजनसँगै शोले नेपालमा धेरै प्रसारण हुने म्युजिकल रियालिटी शोको कीर्तिमान रचेको छ ।

छैटौं श्रृंखलासम्म आईपुग्दा भ्वाइसले नेपाली टेलिभिजनको रियालिटी शोमा यस्तो पद्चाप छाडेको छ जसलाई संगीतमा करिअर बनाउन चाहने नयाँ पुस्ताले पछ्याई रहेका छन् ।

देशका दूरदराजका आवाज समेटेर भ्वाइसले नयाँ गायन प्रतिभा जन्माएको छ । आठौं सिजनसम्म आइपुग्दा शोको प्रविधि र विषयवस्तुको गुणस्तरमा परिवर्तन स्पष्ट देखिन्छ ।
 

प्रतिक्रिया