बाजुरा ः बाजुरा सदरमुकाम मार्तडी नजिकैको शून्य पोईन्टमा रहेको बाउलीगाड अर्थात् ठुलीसाँघुमा पक्की पुल निर्माणको सम्झौता सकिन एक महिना बाँकी रहेको थियो ।
यसअघि गौमुल खबर डटकममा ‘कामचोर’ ठेकेदारका कारण अढाई वर्षसम्म बनेन् ठुलीसाँघु पक्की पुल भन्ने शीर्षकमा समाचार प्रकाशनपछि ठेक्का तोड्ने तयारी थियो ।
ठेकेदार कम्पनी सम्झौता गरेदेखि बेखबर बनेपछि महाकाली पुल योजना महेन्द्रनगरले ठेक्का तोड्ने गरी सूचना प्रकाशन गरेको प्रमुख विवश बाबु सदादेवले बताएका छन् ।
३ वर्षभित्र निर्माण कार्यसक्ने गरी २०७७ फागुन १० गते सम्झौता गरिएको थियो । सम्झौता अनुसार आगामी फागुन ९ गतेसम्म सम्झौता सकिने मिति रहेको थियो ।
यतिबेला भने ठेकेदार कम्पनी बिकोई बिल्डर्स प्रा.लि.टंगाल काठमाण्डौंले निर्माण कार्य सुरु गरेको व्यवस्थापक अरुण भट्टराईले बताएका छन् ।
१६ करोड २१ लाखमा सम्झौता गरिएको उक्त पक्की पुल निर्माण कार्य सुरु भएसंगै फागुन महिनाभित्र एक पिल्लर निर्माण गरेर सक्ने उनको भनाई रहेको छ ।
महाकाली पुल योजना महेन्द्रनगरका इन्जिनियर सन्तोष चन्दले ६ पटक पत्राचार गर्दा पनि बेवास्ता गरेको ठेकेदार कम्पनी सम्पर्कमा आएर काम सुरु गरेको बताएका छन् ।
यता बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्का र प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले समयमै काम सक्न निर्देशन गरेका छन् ।
जिल्ला प्रशासन कार्यालयमा ठेकेदार कम्पनीका प्रतिनिधिहरुसंग कुराकानी गर्दै तीव्र गतिमा निर्माण कार्य सुरु गरी निर्धारित समयमा सक्न आग्रह गरिएको छ ।
३० मिटर लम्बाई र ११ मिटर चौडाइको उक्त पक्की पुल निर्माण हुने भएपछि जिल्लाको तीनवटा स्थानीय तहका नागरिक खुसी भएका छन् ।
वर्षेनी वर्षाद्को समयमा गौमुल गाउँपालिका, बडीमालिका नगरपालिका र खप्तड छेडेदह गाउँपालिकाका नागरिकहरु हाल सास्ती खेप्दै आईरहेका छन् ।
प्रतिक्रिया