गाैमुल खबर डटकम बुधबार २३, माघ २०८१ १०:५१

आगलागी पीडितलाई राहत वितरण

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बुधबार, माघ २३, २०८१
आगलागी पीडितलाई राहत वितरण

बाजुरा ः सदरमुकाम मार्तडीमा एक घरमा भएको आगलागी पीडितलाई राहत वितरण गरिएको छ । बडीमालिका नगरपालिका–९ स्थित बजारमा सोमबार आगलागी भएको थियो ।

आगलागीबाट पीडित भएका बुढीनन्दा नगरपालिका–९ पाण्डुसैन घर भई मार्तडी बस्दै आएका पशुपति थापाको परिवारलाई राहत वितरण गरिएको हो । बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्काको नेतृत्वमा राहत वितरण गरिएको हो ।

जसमा बडीमालिका नगरपालिका, पीसविन नेपाल, गिफ्ट नेपाल, उपहार नेपाल र एच.आर.सी.बाजुराले राहतमा सहयोग गरेका छन् ।

राहतमा खाद्यान्न, लत्ताकपडा, भाँडावर्तन लगायत वितरण गरिएको बडीमालिका नगरपालिकाका कर्मचारी भानुभक्त जैशीले बताएका छन् ।

राहत वितरणमा नगर प्रमुख अमर खड्का, नगर प्रवक्ता धर्मराज पाध्याय, वडा अध्यक्ष चन्द्र थापा, सूर्य किरण विक लगायत सम्बन्धित संस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो । 
 

प्रतिक्रिया