गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०५:३५
Dho

दोलखामा पहिरोमा परी १५ महिने बालकको मृत्यु, तीन बेपत्ता

उद्धारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय खटिए
काठमाडौं 
pramit bk pramit bk
शुक्रबार, साउन १९, २०८०
दोलखामा पहिरोमा परी १५ महिने बालकको मृत्यु, तीन बेपत्ता

दोलखा : जिल्लामा पहिरोमा परी एक बालकको मृत्यु भएको छ भने तीनजना बेपत्ता भएका छन् ।  स्थानीय यज्ञबहादुर थामीको १५ महिनाको नातिको शव फेला परेको प्रमुख जिल्ला अधिकारी कमलप्रसाद धमलाले जानकारी दिए।

गौरीशङ्कर गाउँपालिका– ८ टोपाटारमा बिहीबार राति पहिरो गएको हो । अविरल वर्षासँगै गौरीशङ्कर–८ मा गएको पहिरोले वडा नं ७ को टोपाटारमा अत्यधिक क्षति पुगेको छ।

पहिरोमा बेपत्ता हुनेमा कृष्णबहादुर मगर, उनकी श्रीमती देवी मगर र हरिलाल श्रेष्ठ रहेका छन्। तीनजना घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि काठमाडौं लैजाने तयारी भइरहेको छ।

पहिरोले  मार्वुको टोपाटार र खारेको सल्ले स्थित आधा दर्जन घर क्षतिग्रस्त बनाएको छ भने टोपाटारमको पक्की पुल बगाएको छ । घट्टे खोलाको किनारमा रहेको टोपाटार बस्ती भन्दा माथि छिमेकी वडा खारेको डिलबाट पहिरो झरेको र पहिरोले बस्तीका ५ घर पुरेको वडाअध्यक्ष शेर्पाले जानकारी दिए । उद्धारमा नेपाल प्रहरी,सशस्त्र प्रहरी र स्थानीय खटिएका छन् । 

प्रतिक्रिया