गाैमुल खबर डटकम बुधबार २३, माघ २०८१ १०:५४

गौमुलमा विद्यालय नर्स र शिक्षकलाई पुर्नताजकीय तालिम

गाैमुल खबर गाैमुल खबर
सोमबार, माघ २१, २०८१
गौमुलमा विद्यालय नर्स र शिक्षकलाई पुर्नताजकीय तालिम

बाजुरा : गौमुल गाउँपालिकामा विद्यालय नर्स र शिक्षकलाई पुर्नताजकीय तालिम दिईएको छ । एकीकृत दिवा खाजा, स्वास्थ्य तथा पोषण कार्यक्रम अन्र्तगत विद्यालय एस.एच.एन फोकल शिक्षक र विद्यालय नर्सहरुलाई तालिम दिईएको हो ।   

शिक्षक तथा नर्सहरुको थप क्षमता विकासका लागि हिजोबाट सुरु भएको २ दिने पुर्नताजकीय तालिम आज सम्पन्न भएको छ । गाउँपालिकाको समन्वय तथा विश्व खाद्य कार्यक्रम डब्लुएफपीए र एकीकृत विकास समाज नेपालको आर्थिक सहयोगमा तालिम सञ्चालन गरिएको थियो ।  

विद्यालयका फोक शिक्षक र नर्सहरुलाई दुई दिने क्षमता अभिवृद्धि तालिम दिईएको आईडीएस नेपाल गाउँपालिका कोडिनेटर रुपा खड्काले बताएकी छन् । गाउँपालिकाका २६ वटा विद्यायका फोकल शिक्षक र एक जना विद्यालय नर्सको तालिममा सहभागिता रहेको थियो ।

तालिमको प्रशिक्षण घट्मुना आधारभूत अस्पतालका डाक्टर कुश नेपाली, युवा तथा खेलकुद शाखा प्रमुख रामनाथले गरेका थिए ।

एस.एच.एन कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न, विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम तथा आधारभूत प्याकेजबारे जानकारी गaराउँने, स्वास्थ्य तथा पोषण सम्बन्धी क्रियाकलापको निरन्तर अभिलेखिकरणमा सहयोग पुर्याउने उद्देश्यसहित तालिम दिईएको खड्काले बताएकी छन् ।

तालिममा सहभागि फोकल शिक्षक तथा शिक्षिकाहरुले विद्यालयको पोषण सुधार सहयोग पुग्नुका साथै काम गर्न सहजता हुने बताएका छन् ।

गाैमुल गाउँपालिका-६ का वडाध्यक्ष प्रकाश बहादुर राेकायाकाे अध्यक्षतामा सञ्चालन भएकाे समापन कार्यक्रमकाे प्रमुख अतिथिमा प्रमुख प्रशासकीय अधिकृत जगदिश प्रसाद भट्ट रहनुभएकाे थियाे ।

गाउँपालिकाकाे सभाहलमा सञ्चालन भएकाे कार्यक्रममा पालिका भरीका फोकल शिक्षक, नर्स, जनप्रतिनिधि, आईडिएस नेपालका जिल्ला संयोजक सुरेन्द्र जैरु, प्राविधिक कमल बाेहरा, गाउँपालिका कर्मचारी लगायतको सहभागि रहेको थियो ।

प्रतिक्रिया