बाजुरा ः बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर बहादुर खड्काले निर्माण समयमै सक्न र काममा कुनै पनि बहाना नगर्न निर्देशन दिएका छन् ।
बिहीबार बडीमालिका नगरपालिका क्षेत्रमा निर्माण भईरहेका भौतिक विकास निर्माणका संरचनाहरुको स्थलगत निरीक्षण गर्दै प्रमुख खड्काले यस्तो निर्देशन गरेका हुन् ।
सदरमुकाम मार्तडी नजिकैको शून्य पोईन्टमा रहेको बाउलीगाड ठुलीसाँघुमा पक्की पुल निर्माणको ठेक्का सम्झौता मिति सकिन लाग्दा समेत काम सुरु भएको छैन् ।
अढाई वर्ष बितिसक्दा पनि ठेक्का लागेको उक्त पुलको निर्माण अघि नबढेपछि महाकाली पुल योजना महेन्द्रनगरलाई काम गराउन अनुरोध गरेका छन् ।
अढाई वर्ष बितिसक्यो, पुल निर्माण अवधिको सम्झौता समय सकिन पनि १ महिना मात्र बाँकी छ तर निर्माणको काम अझै सुरु भएको छैन् ।
सम्बन्धित आयोजनालाई शीघ्र काम सुरु गरी समयमै सक्ने गरी व्यापक ध्यानकर्षण गरिएको नगर प्रमुख अमर बहादुर खड्काले बताएका छन् ।
काम सुरु गरेर समयमै सबै बन्दोबस्त गरेको खण्डका निर्माण कम्पनीलाई काम गर्न दिने नभए ठेक्का तोडेर कारबाही अगाडी बढाउने प्रक्रियामा महाकाली पुल योजना महेन्द्रनगरको तयारी रहेको छ ।
तदारुकताका साथ काम गराउन महाकाली पुल योजना लागेको छ । समयमै काम सक्ने सुनिश्चिता नभएमा मात्र निर्माण कम्पनी डिकोवल बिल्डर्स प्रा.लि.ले गर्न नपाउने भएको छ ।
उक्त पक्की पुल १६ करोड २१ लाखमा निर्माण हुने भएको छ । २०७७ फाुगन १० गते भ्याट सहित सम्झौता गरिएको हो । ३० मिटर लम्बाई र ११ मिटर चौडाइको उक्त पुल निर्माण निर्माण हुने भएको छ ।
साथै नगर प्रमुख खड्काले कारागार मुनीको सडक, बाउलीखोला पुल तथा अनाईखोला पुलका निर्माण कम्पनीसंग पनि समयमै काम सक्न निर्देशन गरेका छन् ।
निर्माण आयोजनाको स्थलगत निरीक्षणमा नगर प्रमुख खड्का, नगर प्रवक्ता धर्मराज पाध्याय लगायत सचिवालयको टिम सहभागी बनेको थियो ।
प्रतिक्रिया