गाैमुल खबर डटकम बिहीबार २९, फागुन २०८१ ११:३५

बाजुराका प्रमुखद्धारा भूकम्प प्रभावित र सुन्तला कृषकसंग भेटघाट

प्रमित वि.क. प्रमित वि.क.
बुधबार, माघ १६, २०८१
बाजुराका प्रमुखद्धारा भूकम्प प्रभावित र सुन्तला कृषकसंग भेटघाट

बाजुरा : बाजुराका प्रमुखहरुले भूकम्प प्रभावित बासिन्दासंग भेटघाटन गरेका छन् । गौमुल गाउँपालिका-२ आगरका भूकम्पबाट विस्थापित भएका १२ परिवारलाई बस्तीमै पुगेर भेटघाटन गरेका हुन् । 

बुधबार गौमुल गाउँपालिको समन्वयमा प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्या, जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकाया, जिल्ला प्रहरी कार्यालय बाजुरा प्रमुख एवं प्रहरी नायव उपरीक्षक दिलीप कुमार गिरी, गौमुल गाउँपालिका उपाध्यक्ष सीता थापा, वडाध्यक्ष अमर बहादुर विक लगायतको टोलीले विस्थापित परिवारको अवस्थाको बारेमा जानकारी लिएका छन् । 

२०७९ माग १० गते आएको भूकम्पबाट विस्थापित भएका परिवारहरु अहिले पनि टिनको टहरामा बसिरहेका छन् । अब छिट्टै पुर्नःनिर्माण हुने भएकाले त्यहाँको बस्तुस्थिति बुझ्न जिल्लाको सिङ्गो टोली भूकम्प प्रभावित बस्तीमा पुगेको प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले बताएका छन् ।

प्रहरी प्रमुख दिलीप कुमार गिरीले आगरका भूकम्प प्रभावितको अवस्था दयनीय रहेको बताएका छन् । टिनको टहरामा सपरिवार एकै कोठमा बस्नु परेको छ, दैनिक जीवन यापन गर्न निकै कठिन रहेकाले छिटो बस्ती विस्तारसंगै घर निर्माणका लागि सबैले पहल कदमी गर्नुपर्ने आवश्यक रहेको बताए ।

 बस्ती विस्तारका लागि गाउँपालिकाले जग्गा खरिद प्रक्रिया अगाडी बढाइसकेकाे उपाध्यक्ष सीता थापाले बताएकी छन् । पालिकाको स्रोत साधनले नपुग्ने र संघीय सरकारले खासै ध्यान नदिँदा हालसम्म दुःख भोग्नु परेको बताउँदै अब छिट्टै बस्ती विस्तार गरिने उनको भनाइ छ । 

त्यस्तै सोही टोलीले सियाढुङ्गामा भर्खर निर्माण सम्पन्न भएको १० शैयाको अस्पताल अनुगमनसंगै गौमुल गाउँपालिका-४ खडीखेतका सुन्तला कृषकलाई पनि भेटघाट गरेका छन् । सुन्तलाको पकेट क्षेत्र मानिएको खडीखेतका कृषकले फलाएको सुन्तला बजारीकरण गरेको छ की छैन, कृषकका पछिल्ला माग, समस्यासहित गर्नुपर्ने सहयोगको विषयमा जान्नका लागि टोली सुन्तला बारीमै पुगेको हो । 

खडीखेतका सुन्तला कृषक राम बहादुर रोकायाको बारीमै पुगेका थिए । रोकायाले हाल ५ सय बोटमा लटरम्मै सुन्तला फलाएका छन् । बजारीकरणको सिजन भएकाले उनी सुन्तला टिप्न र ढुवानीमा व्यस्त रहेका छन् । सुन्तला ढुवानीमा कृषि ज्ञान केन्द्रले सहयोग गरिरहेको छ ।

जिल्लाको प्रमुख सहीतको टोली बारीमै पुगेपछि खुशी भएका छन् । टोलीलाई घरमा फूलमाला र अविरले स्वागत समेत गरेका थिए । रोकाया मात्रै होइन् खडीखेतका बासिन्दा पछिल्लो समय सुन्तला खेती तर्फ आकर्षण बन्दै गएका छन् ।

त्यसैगरी उक्त टोलीले कीर्तिचौर माविका शिक्षकसंग समेत भेटघाट गरेका थिए । अनौपचारिक छलफलमा प्रधानाध्यापक खडक बहादुर शाहले विद्यार्थीलाई वाह्य ज्ञान प्रदान गर्न आवश्यक रहेकाले प्रमुख जिल्ला अधिकारी र डीएसपीसंग अभिमुखीकरणमा सहयोग गर्न अपिल गरेका थिए ।

प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याको नेतृत्वको टोलीमा जिल्ला समन्वय समितिका प्रमुख तुलसीराम रोकाया, उपाध्यक्ष सीता थापा, प्रहरी नायव उपरीक्षण दिलीप कुमार गिरी, वडा नं.४ का वाडध्यक्ष अमर बहादुर विक, प्रमुख प्रशासकीय अधिकृत जगदिश प्रसाद भट्ट लगायत पत्रकारको सहभागिता रहेको थियो । 

प्रतिक्रिया