बाजुरा ः बडीमालिका नगरपालिकाको पढ्दै कमाउदै कार्यक्रम अन्तर्गत कक्षा–११ र १२ का विद्यार्थीहरुलाई रैथाने राडीपाखी बुनाई सीप सम्बन्धी तालिम प्रदान गरिने भएको छ ।
आईल्याव नेपाल र काठमाण्डौं विश्वविद्यालयको प्राविधिक सहयोगमा नेपाल भोटेजनजाति सेवा संघ र मालिका माध्यामिक विद्यालयको समन्वय र बडीमालिका नगरपालिकाको आयोजनामा तालिम आयोजना गरिएको हो ।
स्थानीय पाठ्यक्रम अनुसार रैथाने राडीपाखीको संरक्षण गर्नका लागि जिल्लाका केही स्थानीय तहमा यो कार्यक्रम सञ्चालन हुने गरी सुरुवात गरिएको पीसविन कार्यक्रम प्रबन्धक धर्मबहादुर रोकायाले बताएका छन् ।
पहिलो चरणमा बडीमालिका नगरपालिकाले मालिका माध्यामिक विद्यालयका प्राविधिक धार कक्षा–११ र १२ का विद्यार्थीहरुलाई तालिम प्रदान गरिने भएको छ ।
यसकालागि बडीमालिका नगरपालिकाले काठमाडौं विश्वविद्यालयको सहयोगमा पाठ्यक्रम समेत निर्माण गरेको छ। उच्च हिमाली क्षेत्रमा वर्षौदेखि भेडा पालन व्यवसायबाट उनको कपडा बनाउने गरेका तर आधुनिक र व्यवसायीक नभएको कारण बिद्यालयमा पाठ्यक्रम नै निर्माण गरि पढाई संचालन गर्दा यश कार्यक्रमले टेवा पुग्ने भएको छ ।
बडीमालिका नगरपालिकाको पढ्दै सिक्दै कार्यक्रम अन्तरगत परम्पारगत सीपलाई आधुनिकीकरण गर्ने उद्देश्यका साथ कार्यक्रम संचालन गर्न लागेको नगर प्रमुख अमर खड्काले बताएका छन् ।
तालिमले नयाँ नेपाल निर्माणको लागि सहयोग गर्ने र विद्यार्थीहरुमा व्यवसायीक चेतको विकास हुने खड्काले विश्वास गरेका छन् । स्थानीय पाठ्यक्रमलाई व्यवहारमा उतारेर सांस्कृतिक परम्परालाई जोड्न खोजेको नगर प्रमुख खड्को भनाई रहेको छ ।
दुर्गम बाजुरालाई विश्व विद्यालयसंग जोड्ने र विद्यार्थीले पढाईसंगै प्राविधिक ज्ञान सिक्नका लागि तालिम प्रभावकारी हुनेमा जोड दिएका छन् ।
बलियो र वर्षौंसम्म टिकाउ हुने राडीपाखी र अल्लोका कपडा भन्दा आधुनिक नयाँ फेन्सी सामान सर्वसाधरणको रोजाइमा पर्ने भएकाले व्यवसाय लोप हुन थालेकोले यसलाई आधुनीकिकरणतिर लैजादा बजारीकरणमा समेत टेवा पुग्ने मालिका माविका विव्यस अध्यक्ष काँशी विकले बताएका छन् ।
कुनैपनि सीप र क्षमता प्रत्येक व्यक्तिमा हुन जरुरी रहेका कारण विद्यार्थीले पढाई गरेर जागिर मात्र खानुपर्छ भन्ने मानसिकता भन्दा माथि उठेर व्यवसायीक बन्छु भन्ने संकल्प गर्नुपर्ने प्रमुख प्रशासकीय अधिकृत पदम बहादुर माझीले सुझाव दिएका छन् ।
केही वर्ष पहिले अल्लोको रेशा निकाल्ने, सुकाउने, पकाउने, कुट्ने, धुने लामो प्रक्रियाबाट सामान तयार गरिन्छ । धेरै श्रम लगाएर तयारी गरिएका ती सामान विक्री गर्न बजार नजिकमा नहुँदा पनि समस्या हुने गरेको थियो ।
तर पछिल्लो समय भौगोलिक रूपमा विकट ग्रामीण भेगका सर्वसाधारणले गाउँघरमै संकलन गरेको अल्लोबाट झोला, बर्की, लत्ताकपडा लगायत विभिन्न सामग्री अहिले लोप हुन थालेको नेपाल भोटेजनजाति महासंघका उपाध्यक्ष गम्भीरसिंह गुरुङ्गले बताएका छन् ।
पीसविन नेपालका कार्यक्रम प्रबन्धक धर्मबहादुर रोकायाले कार्यक्रमको सुरूवातका लागि काठमाडौं विश्वविद्यालयसंग सहकार्य गरी बडीमालिका नगरपालिकामा पाठ्यक्रम निर्माण सहित सञ्चालन गर्न समन्वय र सहकार्य गर्नुभएको हो ।
बाजुराको गौमुल गाउँपालिका र कालिकोटको सान्नी त्रिवेणी नगरपालिका र काठमाडौं उप-महानगरपालिकालाई समेत जोडेर सिकाई र सीप आदानप्रदान गर्न सहकार्य भईरहेको उनले बताएका छन् ।
कार्यक्रममा नगर प्रमुख अमर खड्का, प्रमुख प्रशासकीय अधिकृत पदम बहादुर माझी, मालिका माविका विव्यस अध्यक्ष काँशी विक, पीसविन कार्यक्रम प्रबन्धक धर्मबहादुर रोकाया, नेपाल भोटेजनजाति महासंघ उपाध्यक्ष गम्भीरसिंह गुरुङ्ग, नेपाल भोटे जनजाति सेवा संघ अध्यक्ष जनक भण्डारी लगायत कार्यक्रममा सहभागी बनेका हुन् ।
उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ जिल्ला शाखा, बाजुराका उपाध्यक्ष रमित विक, बडीमालिका नगरपालिका समन्वय समिति संयोजक बुद्धी बोगटी (भोटे), मालिका माविका निमित्त प्रधानाध्यापक धीर दानी, शिक्षा शाखा प्रमुख रामबहादुर कटुवाल लगायत पत्रकारहरुको सहभागीता रहेको थियो ।
प्रतिक्रिया