गाैमुल खबर डटकम शुक्रबार ३०, फागुन २०८१ ०१:०४

एमाले बाजुराले सामाजिक सञ्जालको नियमन देखि वडा केन्द्रीत अभियान सञ्चालन गर्ने

जिल्लाका ७ पालिका र ३५ वडामा नेतृत्व सर्वसम्मत चयन
बाजुरा
गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, माघ १५, २०८१
एमाले बाजुराले सामाजिक सञ्जालको नियमन देखि वडा केन्द्रीत अभियान सञ्चालन गर्ने

बाजुरा ः नेकपा (एमाले) जिल्ला कमिटी बाजुराले सामाजिक सञ्जाललाई नियमिन गर्ने भएको छ । पार्टी केन्द्रको निर्देशन अनुसार जिल्ला कमिटीले पनि नियमन गर्ने भएको छ ।

पार्टीका नेता तथा कार्यकर्ताहरुले सामाजिक सञ्जालको सदुपयोग गर्नुको सट्टा दरुपयोग गर्ने गरेको पछिल्ला केही घटनाका आधारमा यसको नियमन गर्ने निर्णय गरिएको पार्टी सचिव काँशी विकले बताएका छन् ।

मंगलबार प्रेस चौतारी नेपाल जिल्ला समिति, बाजुराले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा पार्टी जिल्ला कमिटीले गरेका निर्णय सार्वजनिक गरिएका छन् ।

सामाजिक सञ्जालमा नकारात्मक टिका–टिप्पणी गर्ने, आपसी द्धन्द्ध बढाएर नेता तथा कार्यकर्ताबीचको दुरी बढाएर आफुलाई अग्लो बनाउन खोज्ने खालका प्रस्तुती गर्ने बैठकमा व्यापक छलफल भएको बताईएको छ ।

सदस्यलाई तोकिएको परिभाषित जिम्मेवारी पूरा गर्न निर्देशन गरेसंगै आफ्ना सहमति, असहमति मत मतान्तर, पार्टीका संरचनात्मक प्रक्रियाबाट राख्न पाईने तर सामाजिक सञ्जाल, सार्वजनिक स्थानमा नकारात्मक, कुण्ठाग्रस्त अभिव्यक्ति नदिने निर्देशन गरिएको छ । यस्तै पार्टीका नेताहरुलाई विवादमा तानेर आफ्नो औकात नदेखाउन सम्पूर्ण पार्टी सदस्यहरुलाई बैठकले अपिल गरेको छ ।

सामाजिक सञ्जालमा नेतृत्वको आलोचना गर्ने र पार्टीको नीति विपरित कतिपय नेता तथा कार्यकर्ताले अभिव्यक्ति सामाजिक सञ्जालमा ओकल्ने गरेको पाईएको छ ।

एमाले जिल्ला कमिटीको माघ १३ गते शनिबार बसेको चौथो पूर्ण बैठकले तीन महिने वडा (जरा) अभियान सञ्चालन गर्ने भएको छ । जिल्लाका ९ वटा स्थानीय तह मध्ये ७ पालिका र ३५ वटा वडाहरुको अधिवेशन सर्वसम्मत रुपमा कमिटी गठन गरिएका छन् ।

बैठकले २०८१ भदौ २३ देखि हालसम्मको आम्दानी–खर्च र वित्त तथा कोष व्यवस्थापन विभागले अध्यावधिक गरी पेश गरेको वार्षिक बजेट अनुमोदन समेत गरेको छ ।

एमालेको मिसन ०८४ लाई स्थानीयकरण गर्दै “मिसन ०८४ भिजन २१०६, पार्टी स्थापनाका १ सय वर्ष दीर्घकालिन विकास अवधारणा” तयार गर्न प्राविधिक समूह बनाउने निर्णय गरेको छ ।

विगत ३ बैठकका निर्णय कार्यान्वयनको समिक्षा गर्न तथा जिम्मेवारी तोकिएका नेताहरुलाई प्रभावकारी कार्यसम्पादन गर्न बैठकले निर्देशन पनि दिएको छ । प्रत्येक बैठकमा विभागीय प्रमुख, पालिका अध्यक्ष, वडा ईन्चार्ज लिखित प्रतिवेदन गर्ने गरिएको छ ।

जिल्लामा राजनीतिक सद्भाव विकास गर्ने, विकास योजनामा सुशासन कायम गर्नका लागि स्थानीय सरकार, सरकारी निकाय, विकास निकायसंग सहकार्य, सहजीकरण र अनुगमन गरिने पार्टी अध्यक्ष लालबहादुर ओलीले बताएका छन् ।

पत्रकार सम्मेलनमा पार्टी जिल्ला कमिटी अध्यक्ष लाल बहादुर ओलीले बाँकी पालिका र वडा अधिवेशन मंसिरभित्रै सम्पन्न गर्ने भने पनि पार्टीका अन्य कार्यव्यस्तताले नसकिएको भन्दै बाँकी पालिका अधिवेशन माघभित्र र वडामा फागुनभित्र सम्पन्न गरी सक्ने बताएका छन् ।

प्रेस चौतारी नेपाल जिल्ला समिति, बाजुराका अध्यक्ष मदन विकको अध्यक्षतामा सञ्चालन भएको पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष लालबहादुर ओली प्रमुख अतिथि रहेका थिए । कार्यक्रमको विशेष अतिथि पार्टी सचिव काँशी विक रहेका थिए । 

भेटघाट कार्यक्रममा जिल्ला स्थित विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारहरुको उपस्थिति रहेको थियो । पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनको सञ्चालन प्रेस चौतारी नेपाल जिल्ला समिति, बाजुराका सचिव रमित विकले गरेका हुन् । 


 

प्रतिक्रिया