गाैमुल खबर डटकम शुक्रबार ३०, फागुन २०८१ ००:५२

एमाले बडीमालिका नगर कमिटी सर्वसम्मत चयन

गाैमुल खबर गाैमुल खबर
सोमबार, माघ १४, २०८१
एमाले बडीमालिका नगर कमिटी सर्वसम्मत चयन

बाजुरा : नेकपा एमाले बडीमालिका नगरपालिका, नगर कमिटीको अध्यक्षमा राजेश पायल विक निर्विरोध निर्वाचित भएका छन् । विक नगर कमिटीको दोस्रो अधिवेशनबाट सर्वसम्मत कमिटीको अध्यक्षमा चयन भएका हुन् ।

अधिवेशनबाट नगर कमिटीको उपाध्यक्षमा हंस साँउद, सचिवमा अम्मर थापा, उपसचिवमा कर्ण दानी, बेलमती दानी सहित ४६ सदस्यीय नगर कमिटी चयन गरिएको छ । माग १० गते उद्घाटन गरिएको अधिवेशन पाँच दिनपछि नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको हो ।

प्रतिक्रिया