गाैमुल खबर डटकम शुक्रबार ३०, फागुन २०८१ ११:३४

बडीमालिका नगरपालिकामा एचपीभी खोप बारे पूर्व तयारी तीव्र

बाजुरा
गाैमुल खबर गाैमुल खबर
सोमबार, माघ १४, २०८१
बडीमालिका नगरपालिकामा एचपीभी खोप बारे पूर्व तयारी तीव्र

बाजुरा ः सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन प्यापिलोमा भाइरस’ एचपीभी खोप अब मुलुकभरका १६ लाख ८८ हजार ७६८ बालिकालाई लगाउने भएको छ । १० देखि १४ वर्षसम्मका बालिकाहरूलाई लक्षित गर्दै माघ २२ देखि फागुन ६ गतेसम्म विद्यालयबाट खोप लगाउने भएको हो ।

विशेष गरेर ६ कक्षादेखि १० कक्षासमम अध्ययनरत छात्राहरू यो उमेर समूहभित्र पर्ने भएकाले पनि सुरुवातीको यो चरणमा खोप लगाउँदा प्रभावकारी हुने भएको हो । एचपीभी खोप लगाउन जाँदा विद्यालय नजाने १० देखि १४ वर्ष सम्मका किशोरीहरूले उमेर खुल्ने प्रमाणपत्र लिएर खोप लगाउन जानुपर्छ भने विद्यालय जाने कक्षा ६ देखि १० सम्मका छात्राहरूले विद्यालयको परिचयपत्र देखाउनुपर्छ ।

सोही अनुसार बडीमालिका नगरपालिकामा एचपीभी विरुद्धको खोप लगाउने पूर्व तीव्र रुपमा सञ्चालनमा रहेको छ । विभिन्न चरणमा कार्यक्रम बारे जानकारी गर्ने गरिएको छ ।

पहिलो चरणमा स्वास्थ्यकर्मी, पालिका स्तरीय जनप्रतिनिधि र सरोकारवाला निकायलाई कार्यक्रमबारे जानकारी गरिएको बडीमालिका नगरपालिकाका जनस्वास्थ्य निरीक्षक तथा खोप कार्यक्रम फोकल पर्सन ललिता कुमारी रोकायाले बताएकी छन् ।

यस्तै वडा स्तरीय जनप्रतिनिधि, वडा स्तरीय खोप समन्वय समिति स्वयंम सेवक र महिला स्वास्थ्य स्वयंम सेवीकाहरुलाई बैठक तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको उनले बताईन् ।

कार्यक्रमबाट कुनैपनि किशोरीहरुलाई छुट्न नदिने गरी तथ्याङ्क संकलन र कार्यक्रमका विषयमा पूर्व तीव्र पारिएको छ । सोही कार्यक्रमबारे सोमबार पालिका स्तरीय कार्यक्रम आयोजना गरिएको छ ।

कार्यक्रमको सम्बोधन गर्दै नगर प्रमुख अमर खड्काले एचपीभी विरुद्धको खोप अभियानलाई सफल बनाउन सबैको सहयोग अपरिहार्य हुने बताएका छन् । नगरमा अभियान सफल पार्न सबैले आ–आफ्नो ठाउँबाट लागेर सहयोग गरिदिन आग्रह गर्दै कोही किशोरीहरु नछुट्ने विश्वास व्यक्त गरेका छन् ।

नगर स्तरीय एचपीभी खोप सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रममा नगर उपप्रमुख नन्दा थापा, वडा अध्यक्ष सूर्यकिरण विक लगायत स्वास्थ्य शाखा, शिक्षा शाखा र सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

बडीमालिका नगरपालिका हलमा आयोजित कार्यक्रम बारे जानकारी जनस्वास्थ्य निरीक्षक तथा खोप कार्यक्रम फोकल पर्सन ललिता कुमारी रोकायाले गरेकी हुन् । एचपीभी भनेको यो एक प्रकारको भाइरस हो । यसलाई ह्युमन प्यापिलोमा भाइरस भनिन्छ । पाठेघरको मुखको क्यान्सरको प्रमुख कारक एचपीभी हो । 

 एचपीभीका २०० भन्दा बढी किसिमका प्रजातिहरू हुन्छन् र यसमध्ये कम्तीमा १२ वटा प्रजाति पाठेघरको मुखको क्यान्सर गराउने प्रमुख कारक मानिन्छ भने यसमध्ये पनि १६,२१८ प्रजाति प्रमुख कारक हुन् । नेपालमा ८० प्रतिशत पाठेघरको मुखको क्यान्सर १६ र १८ प्रजातिबाट भएको देखिन्छ ।

प्रतिक्रिया