बाजुरा : बाजुराको जगन्नाथ गाउँपालिकामा ट्रक दुर्घटना भएको छ । नेपालगञ्जबाट हुम्ला जादै गरेको मालबाहक ट्रक सोही पालिकाको वडा नं.२ नुनेपानी भन्ने ठाउँमा अनियन्त्रित भएर सडकमा पल्टिए हो ।
मुगु जिल्लाको खत्याड गाउँपालिका घर भएका चालक उज्ज्वल रावलले चलाएको भे.१ ख.२४४५ नम्बरको ट्रक बाटो साँघुरोका कारण अनियन्त्रित भई सडकमै पल्टिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक दीलिप कुमार गिरीले बताएका छन् ।
सिमेन्ट, सरियो लगायतको सामान बोकेको ट्रक दुर्घटना हुँदा मानवीय क्षति भने नभएको उनले बताए । ट्रक सडकमै पल्टिएकाले बाटो अवरुद्ध भएको र जुड्डी प्रहरी चौकीबाट प्रहरीको टोली घटनास्थलमा गई स्काइभेटरले सडक खुलाउँने काम भईरहेको गिरीले बताएका छन् ।
प्रतिक्रिया