बाजुरा : अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानव अधिकार एलाइन्स) बाजुराकाे पाँचौ जिल्ला अधिवेशन सम्पन्न भएकाे छ। शनिबार रेडियाे बाजुराकाे सभाहलमा सञ्चालन भएकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिएकाे छ ।
जिल्ला कार्यसमिति अध्यक्ष विमला थापाकाे अध्यक्षतामा सञ्चालन भएकाे अधिवेशनकाे प्रमुख अतिथिमा नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष लाल बहादुर ओली रहनुभएकाे थियाे ।
अधिवेशनबाट सन्तोष वि.कको अध्यक्षतामा ७ सदस्यीय जिल्ला कार्यसमिति निर्विरोध चयन भएका छन् । जसकाे उपाध्यक्षमा लोकेन्द्र बहादुर खड्का, सचिवमा सरिता दास नेपाली, कोषाध्यक्षमा नन्दा कुमारी वि.क, सदस्य मान बहादुर खड्का, निर्मला खड्का र प्रमित वि.क निर्वाचित भएका छन् ।
निर्वाचित कमिटीका सदस्यहरुलाई आजै निवर्तमान अध्यक्ष विमला थापाले एलाइन्सकाे विधान बमोजिम सपथ ग्रहण गराएकाे थियाे । अधिवेशनकाे उद्घाटन समाराहेमा प्रमुख अतिथि ओेलीले एलाइन्सको इतिहास र यसकाे काम र भूमिकाकाे विषयमा प्रकाश पार्नु भएकाे थियाे ।
उनले निर्वाचनको वैधानिक व्यवस्था, ५० हजार सदस्य पुर्याउने अभियान, फागुन २०र २१ गते हुने केन्द्रिय महाधिवेशनको तयारी तथा यहि माघ १७ गते हुने सुदूरपश्चिम प्रदेश अधिवेशन र जिल्लाको प्रतिनिधित्व लगायतका बारेमा समेत स्पष्ट पारेका थिए ।
संगठन बलियाे बनाउन सबैले आ-आफ्नाे क्षेत्रबाट सक्रिय भुमिका खेल्नुपर्ने बताउँदै बाजुरा जिल्लाका ९ बटै स्थानीय तहमा कार्यसमिति विस्तार गर्नुपर्ने बताएका छन् । मानव अधिकार र हकहितकाे पैरवी गर्ने संगठन भएकाले यसलाई चलायमान बनाउँन पदाधिकारीले सशक्त रुपमा लाग्न आग्रह गरेका थिए ।
एमाले जिल्ला कमिटीका सदस्यहरु, सराेकारवाला निकायका प्रतिनिधि, विभिन्न समूहमा आवद्व व्यक्तिहरु, पत्रकार लगायतकाे उपस्थित रहेकाे थियाे । कार्यक्रमकाे सञ्चालन लाेकेन्द्र बहादुर खड्काले गर्नु भएकाे थियाे ।
प्रतिक्रिया